कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मानिसमा गरिएको सुँगुरको मिर्गौलाको प्रत्यारोपण सफल

रोयटर्स

अमेरिकाका चिकित्सकहरू सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण गर्न सफल भएका छन् । 

मानिसमा गरिएको सुँगुरको मिर्गौलाको प्रत्यारोपण सफल

न्यूयोर्क युनिभर्सिटीको ट्रान्सप्लान्ट इन्स्टिच्युटका निर्देशक डाक्टर रोबर्ट मोन्टोगोमेरीको नेतृत्वमा लंगोन हेल्थमा गरिएको प्रत्यारोपणले सफलता पाएको रोयटर्सले जनाएको छ ।

उक्त प्रत्यारोपणमा जिन संशोधन गरिएको सँगुरको मिर्गौला मस्तिष्क मृत भएको व्यक्तिमा प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएको मिर्गौलाले करिब ३ दिनसम्म काम गरेको रोयटर्सले जनाएको छ ।

प्रत्यारोपण गरिएको मिर्गौलाले 'राम्रै काम गरेको' नेतृत्वकर्ता चिकित्सक डा मोन्टोगोमेरीले रोयटर्सलाई बताएका छन् ।

प्रत्यारोपण गरिएको मिर्गौलाले 'अनुमान गरे मात्राको पिसाब' दिएको समाचारमा जनाइएको छ । जिन संशोधन गरिएको सुँगुरको मिर्गौला मानिसमा प्रित्यारोपण गर्दा सुरुमा अस्वीकार गर्ने खालका कुनै संकेत नदिएको प्रत्यारोपणमा सहभागी चिकित्सकले जनाएका छन् ।

मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिमा क्रेटानिनको मात्रा स्थिर रहेको थियो । डाक्टर मोन्टोगोमेरीको भनाइ उद्दृत गर्दै रोयटर्सले लेखेको छ,'बिरामीको क्रेटानिनको मात्रा प्रत्यारोपण गरेपछि सामान्य अवस्थामै फर्कियो । '

ती बिरामी अंग दाता बन्न खोजे पनि उनका अंगहरूले काम गर्न छाडेका थिए । तर परिवारले अनुसन्धानका लागि मिर्गौला प्रत्यारोपणका लागि अनुमति दिएको डाक्टर मोन्टोगोमेरीले बताएका छन् ।

हालको प्रत्यारोपण एउटा र तीन दिनसम्म मात्रै भएकाले भविष्यमा गरिने अन्य अनुसन्धान तथा अनुसन्धानका दायरालाई फराकिलो बनाउने उक्त प्रत्योरोपणमा संलग्‍न चिकित्सकहरुले जनाएका छन् ।

प्रकाशित : कार्तिक ४, २०७८ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?