१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

स्याटनर बने अन्तरिक्ष पुग्‍ने जेष्ठ सदस्य

कान्तिपुर संवाददाता

काठमाडौँ — क्यानेडियन अभिनेता विलियम स्याटनर अन्तरिक्षमा पुग्ने संसारकै जेष्ठ सदस्य बनेका छन् ।

स्याटनर बने अन्तरिक्ष पुग्‍ने जेष्ठ सदस्य

स्टार ट्रेकद्वारा निर्मित विभिन्न चलचित्र तथा सेरिजहरूमा अभिनय गरेका यी ९० वर्षीय ब्लु ओरिजिन स्पेस कम्पनीको सब अर्बाइटल क्याप्सुल मार्फत अन्तरिक्ष पुगेका थिए । उनको टोलीमा ४ जना सदस्य थियो । त्यहाँको स्थानीय बिहान १० बजे उनीहरु पृथ्वीमा सकुशल फर्किएका छन् ।

तौल विहीनताको अनुभव लिनका लागि अन्तरिक्ष यात्रामा गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । १ सय किलोमिटर उचाइमा पुगेर उनीहरू फर्किएका थिए । क्याप्सुलको झ्यालबाट उनीहरुले पृथ्वीको वक्रता(कर्भेचर) समेत हेरेका थिए ।

स्याटनरसँगै अन्तरिक्षमा जानेहरूमा ब्लु अरोजिन कम्पनीका उप निर्देशक एड्रू पावर्स, अर्थ इमेजिङ स्याटेलाइट कम्पनी प्लानेटका सह-संस्थापक क्रिस बोस्यूजेन र फ्रेन्स हेल्थकेयर सफ्टवेयर कर्पोरेशन डसाल्ट सिस्टमका प्रशासक ग्लेन डि भेरिज थिए ।

उनीहरुलाई केही दिनको तालिम दिएर अन्तरिक्ष यात्रामा पठाइएको थियो ।

यसअघि गत जुलाई २०मा ८२ वर्षीय वाली फन्कले अन्तरिक्षमा पुग्ने सबैभन्दा जेष्ठ नागरिक भएकी थिइन् । उनको उक्त टोलीमा एमाजोनका संस्थापक जेफ बेजोस पनि सहभागी थिए ।

प्रकाशित : आश्विन २७, २०७८ २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?