शिल्पकारलाई दान्यहिरा विज्ञान प्रविधि पुरस्कार- विज्ञान र प्रविधि - कान्तिपुर समाचार

शिल्पकारलाई दान्यहिरा विज्ञान प्रविधि पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल भाषा एकेडेमीबाट स्थापित दान्यहिरा विज्ञान प्रविधि पुरस्कार यसवर्ष परम्परागत प्रविधिका विशेषज्ञ जगतवीर शिल्पकारलाई प्रदान गरिने भएको छ ।

ऐतिहासिक मन्दिरहरूको जीर्णोद्वार तथा निर्माण, पाटी-पौवाहरु निर्माणमा प्रमुख कालिगढ भएर पुर्‍याएको योगदानको कदर गर्दै शिल्पकारलाई पुरस्कार प्रदान गरिएको एकेडेमीले जनाएको छ ।

शिल्पकारले विश्व प्रशिद्ध न्यातपोल मन्दिर, भैरवनाथ, साँखुको बज्रयोगिनी, खोटाङको हलेसी महादेव, बनेपाको चण्डेश्वरी, नाला भगवती मन्दिरलगायत ६० भन्दा बढी ऐतिहासिक मन्दिरहरूको जिर्णोद्वारमा, पाटी-पौवा तथा मन्दिरहरू निर्माणमा प्रमुख कालिगढ भएर काम गरेका छन् ।

सन् २००३ जर्मनीको ह्याम्बर्ग सहरमा प्यागोडा शैलीको मन्दिर निर्माणमा पनि प्रमुख शिल्पकारका रुपमा उनले काम गरेका थिए ।

विगत २२ वर्षदेखि ख्वप ईन्जिनियरिङ कलेजमा कार्यरत शिल्पकारले नयाँ पुस्तालाई परम्परागत प्रविधिको प्रशिक्षण दिँदै आएका छन् । २५ हजार राशीको दान्यहिरा विज्ञान प्रविधि पुरस्कार यसअघि नास्टका वरिष्ठ प्राविधिज्ञ डा. रमेशमान सिंह र नेपाली कम्प्युटरका अग्रणी मुनिबहादुर शाक्यलाई प्रदान गरिएको थियो ।

प्रकाशित : आश्विन २३, २०७८ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्

नोबेल विजेता मारिया भन्छिन्: पत्रकार बन्‍न धेरै गाह्रो र खतरनाक छ

एजेन्सी

मनिला — यस वर्षको नोबेल शान्ति पुरस्कारबाट सम्मानित फिलिपिन्सकी पत्रकार मारिया रेसाले आफूले प्राप्त गरेको पुरस्कार विश्वका सबै पत्रकारहरुका लागि भएको प्रतिक्रिया दिएकी छन् ।

साथै उनले प्रेस स्वतन्त्रताका लागि आफू निरन्तर लडिरहने प्रतिवद्धता व्यक्त गरिन् । "यो वास्तवमै विश्वका सबै पत्रकारका लागि हो," रेसाले भनिन्, "हामीलाई धेरै मोर्चाहरुमा मद्दत चाहिन्छ । र आज पत्रकार बन्न धेरै गाह्रो र खतरनाक छ ।"

फिलिपिन्सस्थित न्युज वेबसाइट 'र्‍यापलर' को सहसंस्थापक तथा प्रमुख रहेकी ५८ वर्षीया रेसालाई शुक्रबार रुसका अर्का पत्रकार दिमित्री मुरातोभसँगै संयुक्त रुपमा नोबेल शान्ति पुरस्कारको घोषणा गरिएको थियो ।

फिलिपिन्सका प्रेस समूह र अधिकारकर्मीहरुले रेसाको पुरस्कारलाई देशकै विजयको रुपमा प्रशंसा गरेका छन् । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्ते २०१६ मा शक्तिमा आएदेखि नै रेसा र र्‍याप्लरले सरकारबाट थुप्रै मुद्दा खेप्नु परेको छ । राष्ट्रपति दुतेर्तेले र्‍यापलरलाई 'फेक न्युज आउटलेट' भनेर आरोप लगाउने गरेका थिए।

प्रकाशित : आश्विन २३, २०७८ १६:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×