फेसबुक बन्द भएकोमा जुकरबर्गले मागे माफी- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेसबुक बन्द भएकोमा जुकरबर्गले मागे माफी

एजेन्सी

वासिङटन — फेसबुकका संस्थापक मार्क जुकरबर्गले झण्डै ६ घण्टासम्म सामाजिक सञ्जाल बन्द भई फेसबुकमा उत्पन्न अवरोधका लागि माफी मागेका छन् । सोमबार फेसबुकमा अचानक अवरोध आउँदा विश्वभर ३ अर्ब ५० लाख प्रयोगकर्ता प्रभावित बनेका थिए ।

फेसबुकको आन्तरिक प्राविधिक कारणले गर्दा सोमबार फेसबुकसहित म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम झण्डै ६ घण्टासम्म बन्द भएको थियो । उक्त अवस्थाबारे विज्ञप्ति जारी गर्दै फेसबुकका मालिक जुकरबर्गले माफी मागेका हुन् ।

यस्तै उक्त अवरोधले गर्दा फेसबुकलाई ६ अर्ब डलर घाटा भएको समेत बताइएको छ । तर पछील्लो समस्याबारे फेसबुकले अध्ययन गरेको समेत जनाएको छ । फेसबुकका पूर्वकर्मचारी फ्रान्सेस हगेनले आइतबार मात्रै अन्तर्राष्ट्रिय मिडियालाई अन्तर्वार्ता दिँदै फेसबुकले सुरक्षा बढाइरहेको बताएकी थिइन् ।


प्रकाशित : आश्विन १९, २०७८ २२:२३
प्रतिक्रिया
पठाउनुहोस्

दुई लाख घूस लिँदै गर्दा सवइन्जिनियर पक्राउ

रासस

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग दुई लाख रुपैयाँ घूस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वसुन्धरा काठमाडौँमा कार्यरत सवइन्जिनियर दीपेन्द्रकुमार केसीलाई पक्राउ गरेको छ । 

कल्भर्ट निर्माणसम्बन्धी ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानीका क्रममा उनले सेवाग्राहीसँग घूस मागेको खुलेको छ । आयोगले सवइन्जिनियर केसीलाई कार्यालय परिसरबाटै आज पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । आरोपी केसीको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित : आश्विन १९, २०७८ २२:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×