जलवायु परिवर्तनको असर : वन्यजन्तुको आकार फेरियो

कान्तिपुर संवाददाता

काठमाडौँ — जलवायु परिवर्तनका कारण वन्यजन्तुहरूको अंगको आकार पनि बढ्दै गएको एक अध्ययनले देखाएको छ । तापक्रम बढेसँगै वन्यजन्तुहरुको ठुँड, खुट्टा, कानको आकार बढ्दै गएको उक्त अध्ययनले देखाएको छ ।

जलवायु परिवर्तनको असर : वन्यजन्तुको आकार फेरियो

मंगलबार जर्नल अफ ट्रेन्ड्स इन इकोलोजी एन्ड एभोलुसनमा प्रकासित अध्ययनले शरीरको तापक्रम नियमित गर्नका लागि अंगको आकार ठूलो हुँदै गएको उल्लेख गरेको छ ।

सबैभन्दा बढी चरा प्रजातिलाई जलवायु परिवर्तनको असर देखिएको अध्ययनमा छ । अस्ट्रेलियाका सुगा प्रजातिको ठुँडको आकार सन् १८७१ देखि ४ देखि १० प्रतिशतसम्मले बढेको अध्ययनमा छ ।

अनुसन्धानकर्ताहरुले वन्यजन्तुको अंगको आकार परिवर्तनलाई जलवायु परिवर्तनका कारण भइरहेको जीवविकास (इभोलुसन) को रुपमा समेत व्याख्या गरेका छन् ।

तुलानात्मक रुपमा धेरै तापक्रम भएका क्षेत्रमा वन्यजन्तुहरुको एपेन्डेजहरु पनि ठूलो देखिएको उक्त अध्ययनमा उल्लेख छ । जस्तो कि पखेटा र ठुँड । पखेटा र ठुँड ठूलो हुँदा शरीरको तापक्रम नियन्त्रणमा सघाउ पुग्छ । तर, सोही अवस्थामा शरीरको आकार भने खुम्चने गरेको उल्लेख छ ।

यसअघि अमेरिकामा ७० हजार ७१६ वटा आगन्तुक चराहरुमा गरिएको अध्ययनले पनि ४ दशकमा उनीहरुको आकार घटेको र पखेटा भने बढ्दै गइरहेको देखाएको थियो । सिकागोका ठूला भवनहरुमा ठोकिएर मरेका ती चराहरु त्यहाँको फिल्ड संग्राहलयमा राखिएको छ ।

अध्ययनले चमेरा प्रजातिहरुको कान, पुच्छर, खुट्टा र पखेटा ठूलो हुँदै गएको पनि उल्लेख गरेको छ । पुराना अध्ययनहरुले पनि वन्यजन्तुहरुमा 'सेप सिफ्टिङ' भइरहेको देखाएका छन् ।

प्रकाशित : आश्विन ११, २०७८ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?