कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आईफोन-१३ सार्वजनिक

काठमाडौँ — अमेरिकी कम्पनी एप्पलले मंगलबार आइफोन-१३ सिरिजका फोनहरू सार्वजनिक गरेको छ । एप्पलले मंगलबार क्यालिफोर्नियामा आयोजित कार्यक्रमकाबीच आइफोन-१३ का विभिन्न सिरिजका फोनहरु सार्वजनिक गरेको हो ।

आईफोन-१३ सार्वजनिक

आईफोनका यी मोडलमा क्यामेरालाई अझ परिस्कृत बनाइएको छ । यसमा ए १५ बायोनिक चिपको प्रयोग गरिएको छ ।

आईफोन-१३ को ब्याट्री अन्य मोडलहरुभन्दा धेरै समय टिक्ने कम्पनीले दाबी गरेको छ । आईफोन १३ मिनीको ब्याट्री लाइफ १७ घन्टा, १३ को १९ घन्टा, १३ प्रोको २२ घन्टा र १३ प्रो म्याक्सको २८ घन्टासम्म रहेको कम्पनीले जनाएको छ ।

यो मोडलमा १२० हर्ज प्रमोसन डिस्प्लेका साथै क्यामेरा सिस्टम सबै नयाँ राखिएको छ । यी मोडलमा अल्ट्रा वाइड लेन्स र ३ एक्स अप्टिकल जुम छ । यस्तै, म्याक्रो फोटोग्राफीमा पनि यसमा राखिएको छ । यो फोन विभिन्न ५ वटा रंगमा उपलब्ध छ ।

आईफोन १३ मा अन्य मोडलहरूको तुलनामा केही ठूलो ब्याट्री राखिएको छ । यो मोडलमा सुपर रेटिना एक्सडीआर डिस्पले छ । यसले १ हजार निट्स सम्मको आउटडोर ब्राइटनेस दिन्छ ।

यी मोडलका आईफोन १२८,२५६ र ५१२ जीबीमा उपलब्ध छन् । आईफोन १३ मिनी र १३मा २ एक्स अप्टिकल जुम र १३ प्रो र १३ प्रो म्याक्समा ३एक्स अप्टिकल जुम छ । यो मोडलका आईफोनको अगाडिको क्यारमा १२ एमपी क्यामेरा छन ।

यो फोनहरु सेप्टेम्बर २४ देखि रिलिज हुने छन् । अमेरिका र यूकेमा भने १७ सेप्टेम्बरदेखि प्रि-अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।

आईफोन १३ मिनीको मूल्य ६९९ डलर, १३ को ७९९ डलर, १३ प्रोको ९९९ डलर र १३ प्रो म्याक्सको १०९९ डलरबाट सुरु गरिएको छ ।

प्रकाशित : भाद्र ३०, २०७८ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?