कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा बजाइयो खतराको घण्टी

काठमाडौँ — अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र(आईएसएस)मा खतराको घण्टी बजाइएको छ । केन्द्रमा कार्यरत अन्तरिक्षयात्रीहरुले धुँवा र जलेको प्लाष्टिकको गन्ध थाहा पाएपछि खतराको घन्टी बजाइएको हो ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा बजाइयो खतराको घण्टी

केन्द्रको रुसी मोड्युल झ्भेज्दामा धुँवा र प्लाष्टिक जलेको गन्ध आएपछि घण्टी बजाइएको बीबीसीले रुसी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार लेखेको छ । प्लाष्टिक जलेको गन्धन रुसी भाग हुँदै अमेरिकी सेगमेन्टमा फैलने क्रममा थियो । बेलैमा थाहा भएपछि समस्या समाधान गरिएको थियो ।

सन् १९९८मा रुस, अमेरिका,क्यानेडा,जापान र युरेपेली मुलुकहरुले संयुक्त रुपमा आईएसएसको निर्माण गरेका छन् ।

१५ वर्षका लागि भनेर निर्माण गरिएको यो अन्तरिक्ष केन्द्र पुरानो भएसँगै विभिन्न समस्याहरु देखा पर्दै आएका छन् । रुसी अधिकारीहरुले यसअघि नै केन्द्रमा हार्डवेयर र सिस्टममा समस्याहरू देखिने बताउँदै आएका थिए ।

केही समयअघि केन्द्रमा समय हावा लिक हुने, इन्जिनको मिस फायरिङ र क्रयाक हुने समेत समस्या देखिएको थियो । रुसी अन्तरिक्ष संस्था रोसकोसमसले अहिले ती समस्या समाधान भएको र सिस्टम पुनःसामान्य अवस्थामा फर्किएको जनाएको छ ।

अन्तरिक्ष केन्द्रका ब्याट्रीहरु चार्ज गर्ने क्रममा धुँवाको गन्ध पहिचान गरिएको थियो । समस्या समाधान भएपछि केन्द्रमा रहेका अन्तरिक्षयात्रीहरुको क्रियू 'नियमित तालिम'मा फर्किएको रोसकोसमसले जनाएको छ ।

गत सेप्टेम्बर १ मा रुसी सरकारी सञ्चारमाध्यमले आईएसएसमा उपकरण र हार्डवेयरमा समस्याहरू देखा पर्न सक्‍ने चेतावनी दिएको थियो ।

केन्द्र पुरानो हुँदै गएपछि रुसी सेगमेन्टमा ८० प्रतिशत 'इन फ्लाइट सिस्टम' म्याद नाघेको स्पेस कम्पनी इनर्जियाका प्रमुख इन्जिनियर सोलोभ्योबले त्यहाँको सरकारी मिडियालाई बताएका थिए । इनर्जियाले आईएसएसमा प्रयोग हुने रुसी मोड्युलहरु निर्माण गर्ने मुख्य निर्माणकर्ता हो ।

रोसकोसमसले गत वर्ष पनि आईएसएसको संरचना सन् २०३० पछि कामै नलाग्ने बताएको थियो ।

हाल अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा ७ जना अन्तरिक्ष यात्रीहरु कार्यरत छन् । तीमध्ये दुई जना रुसी,३ अमेरिकी,फ्रान्स र जापानका १/१ जना छन् ।

प्रकाशित : भाद्र २४, २०७८ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?