कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ), सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल गरी तीन वटा संस्थाले सरकारलाई एक वर्षभित्र सुरक्षित र लचिलो साइबर स्पेस निर्माणका लागि कानुनी व्यवस्था गर्न माग गरेका छन् ।
अमेरिकी अन्तरिक्ष संस्था नासाले शुक्र ग्रहमा दुई वटा रोबटिक मिसनको घोषणा गरेको दुई साता नबित्दै युरोप स्पेस एजेन्सी(ईएसए)ले शुक्र ग्रहका लागि नयाँ मिसनको घोषणा गरेको छ । ईएसएले १० जुनमा शुक्र ग्रहमा अनुसन्धानका लागि 'इनभिजन' नाम गरेको अर्बिटल मिसनको घोषणा गरेको हो । यो सन् २०३१ मा लन्च हुने बताइएको छ ।
कक्षा १०, ११ र १२ को विद्यार्थीहरुका लागि लक्षित गरिएको ‘डिजाइन काठमाडौं कन्टेस्ट’ सम्पन्न भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)सँगको सहकार्यमा रिभोसाइन्सले आयोजना गरिएको उक्त कार्यक्रममा देशभरबाट ५७ समूहले आफ्नो लिखित प्रस्तुति पेश गरेका थिए । देशभरबाट कूल ११६ जना विद्यार्थीको सहभागिता थियो ।
नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट)मा अक्सिजन सिलिन्डरको गुणस्तर परीक्षण हुने भएको छ । मंगलबार नास्टले अक्सिजन ग्यास सिलिन्डरको सफलतापूर्वक उत्पादन परीक्षण गरेको हो ।
अमेरिकाको जोन्स हपकिन्स विश्विविद्यालय स्कूल अफ मिडिसनमा पोस्टडक्टरल फेलोको रुपमा कार्यरत एक नेपाली अनुसन्धानकर्ताले डेढ करोडको फेलोसिप अवार्ड पाएका छन् ।
चिकित्सा विज्ञानका विभिन्न शब्दावलीलाई सर्वसाधारणले बुझ्ने भाषामा वर्णन गरिएको शब्दकोश ‘डिक्सनरी अफ मेडिकल, नर्सिङ एन्ड एलाइड हेल्थ’ (चिकित्सा शब्दसागर) को बुधबार काठमाडौंमा लोकार्पण गरिएको छ ।