कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि चीनले पठायो ३ अन्तरिक्ष यात्री

काठमाडौँ — चीनले आफैं निर्माण गरिरहेको टियाहे अन्तरिक्ष केन्द्रमा बिहीबार तीन जना चिनियाँ अन्तरिक्षयात्री त्यसतर्फ गएका छन् ।

आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि चीनले पठायो ३ अन्तरिक्ष यात्री

जियूकान स्याटेलाइट लन्च सेन्टरबाट बिहीबार बिहान ९ बजेर २२ मिनेटमा मार्च-२ एफ रकेटले उनीहरु चढेको सेन्झोउ-१२ यानलाई अन्तरिक्ष केन्द्र लगेको हो ।प्रक्षेपण सफल भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनले पछिल्लो ५ वर्षमा पहिलो पटक अन्तरिक्षयात्रीहरुलाई अन्तरिक्षमा पठाएको हो ।

अन्तरिक्ष केन्द्रमा पठाइएका चिनियाँ अन्तरिक्षयात्रीहरुमा ५६ वर्षीय निह हाइसङ,५४ वर्षीय लिउ बोमिङ र ४५ वर्षीय थङ हङ्बो रहेका छन् । हाइसङ यसअघि सेन्झोउ-६ र सेन्झोउ-१० मिसनमा काम गरिसकेका अनुभवी टाइकानट्स(चिनियाँ अन्तरिक्षयात्री) हुन् । बोमिङ सेन्झोउ-७ मिसनमा सहभागी थिए भते थङको यो पहिलो अन्तरिक्ष मिसन हो ।

उनीहरु त्यहाँ ३ महिना बसेर अन्तरिक्ष अन्वेषणसम्बन्धीका कामहरु गर्नेछन् । निर्माणाधीन अवस्थामा रहेको अन्तरिक्ष केन्द्रलाई एसेम्बल गर्ने, अन्य 'एक्स्ट्रा भेहिकुलर' गतिविधि गर्ने र अन्तरिक्ष केन्द्रको कक्ष मर्मतसम्हार गर्ने कार्यमा खटिने चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गत अप्रिलमा चीनले अन्तरिक्ष अन्वेषणका लागि सन् २०२२ सम्ममा आफ्नो छुट्टै अन्तरिक्ष केन्द्र निर्माण गर्ने घोषणा गरेको थियो । घोषणा गरेको दुई महिनामै उसले अन्तरिक्षयात्री पठाएसँगै चीनले 'अन्तरिक्ष रेस'मा अभूतपूर्व सफलता हासिल गरेको बताइएको छ ।

अन्तरिक्ष केन्द्र स्थापनाका लागि गरिएको यो तेस्रो प्रक्षेपण हो । विभिन्न ११ चरणमा अन्तरिक्ष निर्माण कार्य सम्पन्न हुने बताइएको छ । यसअघि चीनले अन्तरिक्ष केन्द्र निर्माणका लागि भनेर कार्गो मिसन र कोर मोड्युल(टियाहे) अन्तरिक्षमा पुर्‍याइसकेको थियो ।

टियाहे मोड्युल २२.५ टनको छ । ल्याब क्याप्सुल वेन्टियन मोड्युल र मेङ्टिएनल ल्याब क्याप्सुल मोड्युल पनि २० देखि २२ टनको हुनेछन् ।

चीनले प्रक्षेपणमा प्रयोग गरिएको लङ मार्च-२एफ रकेट चीनको सुरक्षित रकेट बताइन्छ । ५८.३ मिटर उचाइको यो रकेट छिटो र भरपर्दो केरिएर रकेट हो । यसमा दुई वटा कोर स्टेज र चारवटा बुस्टर छन् । यसले लो अर्थ अर्बिटमा ८.६ टनसम्मको पेलोड पठाउन सक्छ ।

तस्बिरहरू : सिन्ह्वा

प्रकाशित : असार ३, २०७८ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?