कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'डिजाइन काठमाडौं' सम्पन्‍न

काठमाडौँ — कक्षा १०, ११ र १२ को विद्यार्थीहरुका लागि लक्षित गरिएको ‘डिजाइन काठमाडौं कन्टेस्ट’ सम्पन्न भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)सँगको सहकार्यमा रिभोसाइन्सले आयोजना गरिएको उक्त कार्यक्रममा देशभरबाट ५७ समूहले आफ्नो लिखित प्रस्तुति पेश गरेका थिए । देशभरबाट कूल ११६ जना विद्यार्थीको सहभागिता थियो ।

'डिजाइन काठमाडौं' सम्पन्‍न

सहभागी मध्येबाट कक्षा १०की युरिसा वर्जाचार्य, सुविका हमालको समूह र रिगा शर्माको समूह क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका थिए । कक्षा ११ बाट कृतज्ञ घिमिरेको समूह, दिलिशा थापा र इसहिता दहालको समूह क्रमशः प्रथम, दितृय र तृतीय स्थान हासिल गरेका छन् ।

त्यस्तै, कक्षा १२ को तर्फबाट तिमिला डंगोलको समूह, विकीकुमार झाको समूह र रौनकरञ्जन मिश्रको समूह क्रमशः प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । बौद्धिक प्रतिस्पर्धाका प्रत्यक कक्षागत समूहबाट प्रथम, दोस्रो र तेस्रो हुनेहरुलाई क्रमशः दशहजार, पाँचहजार र दुई हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमका नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले विद्यार्थीले बनाएका नवितम योजनलाई विभिन्न निकायमा पठाउनु पर्ने बताए । ‘हामीले आगामी दिनमा यस्ता नवितम क्षेत्रमा मात्र नभइ अन्य कृषि उत्पादकत्वको क्षेत्रमा कामको सुरुवात गरिएको छ, ’ उपकुलपतिले श्रैष्ठले भने, ‘योजस्तै अन्य प्रस्तावलाई यथासक्य समावेश गरिनेछ ।

पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश साहले आगामी दिनमा नास्टले यस्ता कार्यक्रम प्रत्येक स्थानीय तहमा लैजानु पर्ने सुझाए । ‘यदि स्थानीय तहमा लैजान नसकेपनि प्रदेश राजधानी विकास कसरी गर्ने भन्ने बारेमा कन्टेस्ट आयोजना गर्नु पर्नेमा पूर्वमन्त्री साहले जोड दिए । नास्टका पूर्व उपकुलपति प्राडा जीवराज पोखरेलले विद्यार्थीहरुको पर्यावरणलाई स्वच्छ राख्ने तथा नयाँ घरमा पुराना वस्तुलाई समावेश गर्ने योजना उत्कृष्ट लागेको बताए ।

नेपालभरबाट अनलाइन माध्यमबाट सहभागी हुन पाउने बौद्धिक प्रतिस्पर्धामा निःशुल्क रुपमा आवदेन दिन पाउने व्यवस्था थियो । प्रतिस्पर्धीले ‘डिजाइन काठमाडौं कन्टेस्ट’ मा एकल वा समूहगत रुपमा प्रतिस्पर्धामा भाग लिएका थिए । काल्पनिकरुपमा विद्यार्थीहरुले कम्तीमा २० पन्ना शहरको परिकल्पना गर्नु पर्ने थियो ।

नास्टका सचिव डा. महेशकुमार अधिकारीले विदेशीहरुले काठमाडौंलाई ‘ल्याण्ड अफ् गडेस्’ भनेर बुझ्ने गरेपनि त्यसलाई कसरी व्यवस्थित गर्ने योजना हुनु पर्ने बताए । वनस्पति तथा बाटोघाटो र सम्पदाको संरक्षणमा युवाहरुद्वारा समावेश गरिएको कुरा महत्वपूर्ण हुने सचिव अधिकारीले बताए ।

नास्टका वैज्ञानिक डा. सुरेश ढुंगेलले कन्टेस्टमा सहभागी विद्यार्थीहरुको लेखन तथा कल्पनाको मूल्यांकन गर्दा उनीहरुको सोच साच्चै नै काठमाडौं विकासका लागि कोशेढुंगा हुने बताए ।

आयोजक रिभोसाइन्सका सम्पादक लक्ष्मण डंगोलकाअनुसार प्रतिस्पर्धीले आफ्ना परिकल्पना गर्दा काठमाण्डौ उपत्यकाको डिजाइन, भूगोल, वास्तुकला, समाज र सभ्यता, विज्ञान प्रविधि र संस्कृति, वातावरण र वन्यजन्तु, नीति तथा योजना, सम्पदा क्षेत्र र संरक्षणका उपाय, अनुसन्धान तथा विकास र नवप्रवर्तन, धर्म र शिक्षा प्रणाली, सडक सञ्जाल र स्मार्ट प्रविधि, विज्ञान पार्क र कबडहल, व्यवसायिक केन्द्र र कला तथा मनोरञ्जन र अर्थ व्यवस्थापन जस्ता उपशीर्षक समेटेर लिखित ढाँचा प्रस्तुत गरेका थिए । उनले दोस्रो डिजाइन काठमाडौं कन्टेस्ट आयोजना गर्ने बताए ।

प्रकाशित : जेष्ठ २९, २०७८ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?