नेपाली अनुसन्धानकर्तालाई डेढ करोडको अवार्ड - विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली अनुसन्धानकर्तालाई डेढ करोडको अवार्ड 

इकान्तिपुर डेस्क

काठमाडौँ — अमेरिकाको जोन्स हपकिन्स विश्विविद्यालय स्कूल अफ मिडिसनमा पोस्टडक्टरल फेलोको रुपमा कार्यरत एक नेपाली अनुसन्धानकर्ताले डेढ करोडको फेलोसिप अवार्ड पाएका छन् । 

स्कुल अफ मेडिसिनको इन्स्टिच्युट फर सेल इन्जिनियरिङ एन्ड डिपार्टमेन्ट अफ रेडियोलाजी एन्ड रेडियोलोजिकल साइन्सेसमा कार्यरत अनुसन्धानकर्ता डा. रमेश मरासिनीलाई १ लाख ३० हजार डलरको अनुसन्धान वृत्ति मेरिलेन्ड स्टेम सेल रिसर्च फाउण्डेशनले प्रदान गरेको हो ।

उनको मल्टिपल स्क्लेरोसिसको अध्ययन गर्नका लागि उक्त अनुसन्धान रकम दिइएको हो । मल्टिपल स्क्लेरोसिस एक विशेष प्रकारको स्नायुमा लाग्‍ने रोग हो । मल्टिपल स्क्लोरोसिसको निदानका लागि हालसम्म कुनै उपचार विधिको विकास भइसकेको छैन ।

कसरी स्टेम कोशिकाहरूले निष्कासन गरिएका कणहरू प्रत्यारोपणपछि शरीरमा वितरण हुन्छन् र त्यसले मल्टिपल स्क्लेरोसिसको क्लिनिकल नतिजामा कस्तो सुधार ल्याउँछ भन्ने उनले अनुसन्धानले गर्नेछन् ।

अध्ययन सफलतापूर्वक पूरा भएपछि अध्ययनको रणनीतिहरूलाई अन्य स्नायुसम्बन्धी समस्याहरू जस्तै, एएलएस (एमाइट्रोपिक लेटरल स्क्लेरोसिस), मष्तिष्क पक्षघात, पार्किन्सन,अल्जाइमर रोग आदिको उपचार विकास गर्न मद्दत गर्न सकिने अनुसन्धानकर्ता मरासिनीले बताए ।

उपचारलाई गति प्रदान गर्न स्टेम सेलको क्षेत्रमा अनुसन्धान गरिरहेका असाधारण डाक्टरपछिका अनुसन्धानकर्ताहरूलाई यो अवार्ड दिने गरिन्छ । प्रमुख अनुसन्धानकर्ताको हैसियतमा एक युवा प्रशिक्षार्थी वैज्ञानिकको रुपमा आफूले यो उपलब्धि हासिल गर्दा अन्य नेपाली वैज्ञानिकहरूलाई पनि हौसला हुने उनले इकान्तिपुरलाई बताए ।

गुल्मीको रेसुंगा नगरपालिका-६ घर भएका ३३ वर्षीय मारासिनीले दुई वर्षभित्र उक्त अनुसन्धान गर्नुपर्ने हुन्छ ।हाल उनी पीएचडी पूरा गरेर पोस्टडक्टरल प्रशिक्षार्थी हैसियतमा जोन्स हप्किन्स युनिभर्सिटीको मेडिकल स्कुलमा अनुसन्धानरत छन् ।

प्रकाशित : जेष्ठ १, २०७८ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता हामीलाई उत्कृष्ट लागेका सात तस्बिरहरु । बालाजु औद्योगिक क्षेत्रमा रहेको अक्सिजन उद्योगमा अक्सिजन भर्न लागेको भिड । कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चर्किंदै गएको छ । तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको इमर्जेन्सी बाहिर अक्सिजन मास्क लगाएर बसेका कोभिड संक्रमित । तस्बिरः सन्जोग मानन्धर

बेड नपाएपछि ट्यापुमा अक्सिजन सिलिण्डर लगाएर बसेका बिरामी । तस्बिरः कान्तिपुर

काठमाडौंको गंगबुस्थित सर्वसाधारणलाई नि:शुल्क खाना खुवाउँदै जय महांकाल युथ क्लबका युवाहरु । तस्बिरः अनिश रेग्मी

राजधानीको मरुस्थित आफ्नो मोबाइलमा व्यस्त बालकहरु । तस्बिरः केशव थापा

गद्दी परिवर्तनपछि आसन ग्रहण गर्दै ललितपुरकी कुमारी । गद्दी ८० वर्षपछी परिवर्तन गरिएको हो । तस्बिरः अनिश रेग्मी

मनोहरा खोलामा गाँजर सफा गर्दै किसानहरु । तस्बिरः दीपक केसी

प्रकाशित : जेष्ठ १, २०७८ १९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×