कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अमेरिकामा कार्यरत नेपाली अनुसन्धानकर्तालाई २ लाख ९७ हजार डलरको अवार्ड

इकान्तिपुर डेस्क

काठमाडौँ — एक नेपाली अनुसन्धानकर्ताले अमेरिकाको प्रतिष्ठित नेशनल साइन्स फाउण्डेशन (एनएसएफ)अवार्ड पाएका छन् ।

अमेरिकामा कार्यरत नेपाली अनुसन्धानकर्तालाई २ लाख ९७ हजार डलरको अवार्ड

अमेरिकाको केन्टकी राज्यस्थित क्याम्बेल्सविल विश्वविद्यालयमा उपप्राध्यापकको रुपमा कार्यरत भौतिकशास्त्री डा. इन्द्रदेव साहुले २ लाख ९७ हजार डलर (करिब ३ करोड ५० लाख रुपैयाँ) राशिको अवार्ड पाएका हुन् । अमेरिकाको संघीय सरकार मातहतको अमेरिकी राष्ट्रिय विज्ञान प्रतिष्ठान ले यो अवार्ड साहुलाई अनुसन्धातवृत्तिका लागि दिएको हो ।

पोटासियम च्यानल एसेसरी प्रोटिन(केसीएनई३) को संरचना र गतिशिलताको अध्ययनका लागि साहुले यो अनुदान पाएका हुन् । केसीएनई३ स्वास्थ्यसँग सम्बन्धित प्रोटिन रहेको साहुले कान्तिपुरलाई बताए । ‘यो प्रोटिन स्वास्थ्य रोगसँग सम्बन्धित छ । विशेष गरी मुटुसँग सम्बन्धित प्रोटिन पनि हो,’ उनले कान्तिपुरसित फोन कुराकानीमा भने,‘यो प्रोटिनको अध्ययनले मुटु सम्बन्धीको गतिशिलता अध्ययनमा थप जानकारी पाइन्छ ।’

यो अनुसन्धानवृत्ति उनले मार्चमा पाएका हुन् । एनएसएफ अमेरिकाको संघीय सरकार मातहतको निकाय हो ।एनएसएफले दिने यो अनुदान(अवार्ड ) पाउनका लागि निकै प्रतिस्पर्धा हुने गर्छ । आफूले पाएको अनुदान रकम विश्वविद्यालयभित्रै खर्च हुने उनले सुनाए ।

सप्तरीको महदेवा गाउँपालिका–२ अकवरपुर घर भएका ४३ वर्षीय साहु क्याम्बेल्सविल विश्वविद्यालयमा बायोमेडिकल फिजिक्स सम्बन्धीको विषयमा अध्ययन, अनुसन्धान र अध्यायपन गराउँछन् । उनको यो रकम तीन वर्षभित्रमा अनुसन्धानमा खर्च गर्नुपर्नेछ । उनले भने,‘नेपाली अनुसन्धानकर्ताहरुका लागि पनि यो अवसर र हौसला हुन सक्छ ।’ निरन्तरको लगनशिलता र लगावका कारणले यो उपलब्धि हासिल गरेको उनले बताए ।

सन् २००९ मा स्टेट युनिर्भसिटी अफ न्यूयोर्कबाट विद्यावारिधि गरेपछि साहुले वाहायो राज्यको मायामी विश्वविद्यालयमा पोस्ट डक्टरल र रिसर्च साइन्टिस्टको रुपमा काम गरेका थिए ।

प्रकाशित : वैशाख २१, २०७८ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?