विज्ञान र प्रविधि

नास्टलाई ४० करोडको बजेट स्वीकृत

नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठानको ४४ औं प्राज्ञ सभाले आर्थिक वर्ष २०७७/०७८का लागि ४० करोडको बजेट स्वीकृत गरेको छ ।

चैत्र १०, २०७७
चैत्र ७, २०७७
चैत्र ५, २०७७

धनुषाको भिमानबाट 'गरुडा' प्रक्षेपण गरिँदै

नेपाली विद्यार्थीले तयार गरेको ‘गरुडा’ नामको रकेट अगामी शनिबार धनुषाको भिमानमा प्रक्षेपण परीक्षण गरिने भएको छ । स्पेसपोर्ट अमेरिका कप–२०२१’ मा पहिलोपटक सहभागिताका लागि रकेट परीक्षण गर्न लागिएको हो । एक्सपेरिमेन्टल साउन्डिङ रकेट एसोसिएसन (ईएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा काठमाडौं विश्वविद्यालयका तर्फबाट ओपन रकेट्री एन्ड स्पेस सोसाइटी (ओआरएएसएस नेपाल) ले प्रतिस्पर्धा गर्दै छ ।

फाल्गुन २८, २०७७

नास्टलाई प्रसाईंको ‘गुरुदक्षिणा’

नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) को विज्ञान संकायअन्तर्गत वातावरण प्रयोगशालामा कणहरु (नानो–मेटेरियल्स) को आकार मापन गर्न सकिने एउटा उपकरण छ । कुनै पनि वस्तुको चार्ज पत्ता लगाउनसमेत यो उपयोगी हुन्छ । यसलाई कुनै सरकारी योजना या लगानीमार्फत भित्र्याइएको भने होइन ।

फाल्गुन २०, २०७७

युवा वैज्ञानिकहरू वर्तमान अनुसन्धानको वातावरण र पूर्वाधारप्रति असन्तुष्ट

नेपालका युवा वैज्ञानिकहरू देशमा अनुसन्धानको वातावरण र पूर्वाधार नभएकाे भन्दै असन्तुष्ट देखिएका छन् । राष्ट्रिय युवा वैज्ञानिक एकेडेमी नेपाल (नयन) ले नेपाली युवा वैज्ञानिक तथा अध्येताहरूमाझ गरेको राष्ट्रिय स्तरको अनलाइन सर्वेक्षणले यस्तो औंल्याएको हो ।  

फाल्गुन १३, २०७७

नास्टका वैज्ञानिकमाथि बौद्धिक चोरीको आरोप, कारबाही गर्न क्युटेकद्वारा पत्राचार

अनाधिकृत रुपमा बर्डस्-३ स्याटेलाइट सम्बन्धी अनुसन्धान कृति बौद्धिक चोरी गरेर छापेका एक नेपाली वैज्ञानिक अधिकृतलाई कारबाही नगरेको भन्दै नास्टलाई जापानको क्युसो इन्स्टिच्यूट अफ टेक्नोलोजी(क्युटेक)ले पत्रचार गरेको छ । 

फाल्गुन ११, २०७७

जलीय जैविक विविधता मापन सम्बन्धीको पुस्तक तयार

जैविक सूचकको आधारमा गरिने जलीय जैविक विविधता परीक्षणको फिल्ड तथा ल्याब परीक्षण विधि(मेथेडोलोजी) सम्बन्धि नेपालको पहिलो पुस्तक तयार भएको छ ।

फाल्गुन १०, २०७७

रिसोर्सेस हिमालयलाई २० हजार डलरको वेन्हुई पुरस्कार

रिसोर्सेस हिमालय फाउन्डेशनले २० हजार डलरको युनेस्को वेन्हुई अन्तर्राष्ट्रिय पुरस्कार पाएको छ । एसिया-प्रसान्त क्षेत्रमा शैक्षिक नवप्रवर्तनमा उत्कृष्ट योगदान गर्नेलाई युनेस्कोले यो पुरस्कार प्रदान गर्दै आएको छ ।

माघ १९, २०७७

बराल र शाक्यलाई विज्ञानमा महिला पुरस्कार

नेपाल एस्ट्रोनोमिकल सोसाईटी (नासो)ले प्रदान गर्दै आएको विज्ञानमा महिला पुरस्कार यस वर्ष पोखराकी आकृति काफ्ले बराल र बनेपाकी रोजिना शाक्यले पाएका छन् ।