रिसोर्सेस हिमालयलाई २० हजार डलरको वेन्हुई पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — रिसोर्सेस हिमालय फाउन्डेशनले २० हजार डलरको युनेस्को वेन्हुई अन्तर्राष्ट्रिय पुरस्कार पाएको छ । एसिया-प्रसान्त क्षेत्रमा शैक्षिक नवप्रवर्तनमा उत्कृष्ट योगदान गर्नेलाई युनेस्कोले यो पुरस्कार प्रदान गर्दै आएको छ ।

रिसोर्सेस हिमालयलाई २० हजार डलरको वेन्हुई पुरस्कार

फाउन्डेसनले अघि सारेको विज्ञान बढाऔं कोरोना भगाऔं परियोजनाका निम्ति यस वर्षको वेन्हुई पुरस्कार पाएको फाउण्डेसनका कार्यक्रम संयोजक डा.दिनेश न्यौपानेले बताए ।

उक्त पुरस्कार फाउन्डेशनले गत अप्रिल २मा निर्माण गरेको युवा वैज्ञानिक नेपाल युवा सञ्चालनलाई थप सशक्त बनाउँदै अनुसन्धान र विज्ञान प्रवर्द्धनमा उपयोग गरिने जनाएको छ ।

फाउन्डेशनले कोरोना महामारीसँग जुध्‍न नेपालमा लकडाउन घोषणा भए लगत्तै गत २०२० अप्रिल २ बाट युवा वैज्ञानिक नेपाल नामक सञ्जाल निर्माण गरी वैज्ञानिक चेतना विस्तार,शैक्षिक सामग्री निर्माण तथा प्रचार-प्रसार अभियान,गोष्ठी तथा राष्ट्रिय सम्मेलन तालिम आदि गर्दै आएको छ ।

वेन्हुई पुरस्कार युनेस्कोको लागि चीनको राष्ट्रिय आयोग र विकासको लागि शैक्षिक नवप्रवर्तन युनेस्को एसिया-प्रसान्त कार्यक्रमको सहकार्यमा सन् २०१० देखि प्रदान गरिँदै आएको छ ।

विगत ३५ वर्षदेखि विज्ञान र संरक्षणको क्षेत्रमा रिसोर्सेस हिमालयले काम गर्दै आएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७७ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?