नास्टमा इन्फरमेसन एक्सेस सेन्टर निर्माण हुँदै 

इकान्तिपुर डेस्क

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मा इन्फरमेसन एक्सेस सेन्टर निर्माण हुने भएको छ ।

नास्टमा इन्फरमेसन एक्सेस सेन्टर निर्माण हुँदै 

दक्षिण कोरियाको नेसनल इन्फरेसन सोसाइटी (एनआईए) र नास्टको सहकार्यमा इन्फरमेसन एक्सेस सेन्टर बनाउने तयारी थालिएको छ । एनआईए र नास्टबीच उक्त समझदारी पत्रमा शुक्रबार अनलाइन मार्फत हस्ताक्षार भएको छ ।

नास्टको तर्फबाट उपकुलपति सुनिलबाबु श्रेष्ठ र एनआईएको तर्फबाट उपमहानिर्देशक यीओङ रो लीले उक्त समझदारी पत्रमा हस्ताक्षार गरे ।

इन्फरमेसन एक्सेस सेन्टर नास्टको निर्माणाधीन प्रविधि संकायको भवनमा रहने नास्टका प्रवक्ता सुरेशकुमार ढुंगेलले बताए । उक्त सेन्टरले आईसीटी सम्बन्धी विभिन्न किसिमका तालिमहरु दिनेछ । इन्फरमेसन एक्सेस सेन्टरबाट प्रविधि सम्बन्धी क्षमता अभिवृद्धिका लागि डिजिटल डिभाइसको प्रयोग र तालिम समेत दिइने उनले बताए ।

सेन्टरका लागि एनआईएले नास्टलाई आईसीटी ल्याब भएको मोबाइल ट्रेनिङ बस पनि उपलब्ध गराउने समझदारी पत्रमा उल्लेख छ । दूरदराजका गाउँहरुमा २५ जनासम्मलाई उक्त बसभित्रै तालिम दिन सकिने प्रवक्ता ढुंगेलले बताए ।

सेन्टरले विभिन्न समुदाय तथा पेशाकर्मीहरुलाई प्रविधि सम्बन्धी तालिम, सूचना तथा सफ्टवेयरबारे जानकारी दिने नास्टले जनाएको छ ।

प्रकाशित : मंसिर २६, २०७७ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?