१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वनस्पति समाजमा नयाँ नेतृत्व

काठमाडौँ — नेपालका वनस्पतिशास्त्रीरुको संस्था वनस्पति समाज नेपालको नयाँ नेतृत्व सर्वसम्मितबाट चयन भएको छ ।

प्राध्यापक डा मोहन सिवाकोटीको संयोजकत्वमा ११ सदस्सीय समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा सञ्जिवकुमार राई, सचिवमा हरिप्रसाद अर्याल, सह–सचिवमा जय प्रकाश हमाल र कोषाध्यक्षमा नारायणप्रसाद घिमिरे चयन भएका हुन् । यस्तै सदस्यहरुमा मानदेव भट्ट, भुवन केशर शर्मा, अन्जना गिरी, दिपक लामिछाने, ज्वाला श्रेष्ठ, चन्द्रकला ठाकुर चयन भएका छन् ।

अनलाइनमार्फत भएको तेस्रो साधारणसभाले पुरानै नेतृत्वलाई अगामी दुई वर्ष कार्यकालका लागि सर्वसम्मतिले चयन गरेको वनस्पतिविद् एवं त्रिभुवन विश्वविद्यालय केन्द्रीय वनस्पति विभागका उपप्राध्यापक नारायणप्रसाद घिमिरेले बताए ।

यसैबीच, साधरणसभाको अवसर पारेर समाजले नेपालका वनस्पतिविद्हरुको विवरण समावेश गरिएको किताब समेत सार्वजनिक गरेको छ ।

त्रिभुवन विश्विवद्यालयका पूर्वउपकूलपति तथा विश्व विद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष कमलकृष्ण जोशीले 'बोटानिस्ट अफ नेपाल डाइरेक्टरी २०२०' नामक पुस्तकको विमोचन गरेका थिए । प्राध्यापक ईमिरेटस प्रमोदकुमार झाले पुस्तकको टिप्पणी गरेका थिए ।

पुस्तकमा ५५१ जना नेपाली वनस्पतिशास्त्रीहरुको संक्षिप्त व्यक्तिगत विवरण प्रकाशित गरिएको उपप्राध्यापक घिमिरेले बताए ।

प्रकाशित : मंसिर २५, २०७७ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?