कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'अन्तरिक्षसम्बन्धी अध्ययनमा नेपाली विद्यार्थीले चासो देखाएनन्'

इकान्तिपुर डेस्क

काठमाडौँ — रुसी विज्ञान तथा सांस्कृतिक केन्द्र नेपालले अन्तरिक्ष विज्ञानमा नेपाली विद्यार्थीहरुलाई रुसमा अवसर दिइएपनि त्यसको फाइदा लिन नसकेको जनाएको छ ।

'अन्तरिक्षसम्बन्धी अध्ययनमा नेपाली विद्यार्थीले चासो देखाएनन्'

विश्व विज्ञान दिवसको अवसर पारेर बिहीबार नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो)सँग सहकार्य गरेर केन्द्रमा आयोजित रुसमा अन्तरिक्ष विज्ञान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा केन्द्रका प्रतिनिधि अलेक्सी कोट्ल्यारोभले नेपाली विद्यार्थीहरुले अन्तरिक्ष अध्ययनमा इच्छा नदेखाएको बताएका हुन् ।

हरेक वर्ष नेपाली विद्यार्थीहरुलाई २० वटा पूर्ण छात्रवृत्ति दिइएपनि आवेदन कम आउने गरेको उनले बताए । कोट्ल्यारोभले विद्यार्थीहरको रुची मेडिकलतिर बढि भएको बताए । उनले भने,'२० वटा विभिन्न शिर्षकमा छात्रवृत्ति दिँदा पनि कम आवेदन परेका छन् । अधिकांश आवेदन मेडिकल शिक्षामा मात्रै छ ।'

उनले राष्ट्रियस्तरमा हुने एस्ट्रोनोमिकल ओलम्पियाडमा उत्कृष्ट भएकाहरुलाई रुसमा अवसर समेत दिइने उनले बताए । रुसले नेपाली विद्यार्थीहरुलाई अन्तरिक्ष विज्ञानमा अवसर दिएपनि उनीहरुले इच्छा नदेखाएको बताए ।

कार्यक्रममा नासोका अध्यक्ष सुरेश भट्टराईले अन्तरिक्षसम्बन्धीका गतिविधि कम भएकाले पनि विद्यार्थीहरुको रुची त्यसतर्फ बढ्न नसकेको औंल्याए । अन्तरिक्षमा रुस लामो अनुभव बटुलेको मुलुक भएकाले नेपाली विद्यार्थीहरुका लागि रुसमा अन्तरिक्ष अध्ययन ठूलो अवसर भएको भट्टराईले बताए ।

प्रकाशित : मंसिर ११, २०७७ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?