पहिलो पटक प्राणीशास्त्र सम्मेलन हुँदै

इकान्तिपुर डेस्क

काठमाडौँ — नेपालमा पहिलो पटक राष्ट्रियस्तरको प्राणीशास्त्र सम्मेलन हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागले ५५औं स्थापना दिवसको अवसर पारेर यही मंसिर १३ देखि १५ गतेसम्म पहिलो पटक प्राणीशास्त्र सम्मेलन गर्न लागेको हो ।

अनलाइन मार्फत हुने यो सम्मेलनमा प्राणीशास्त्र क्षेत्रसँग सम्बन्धित विभिन्न ५ वटा विधामा विज्ञहरुले प्रस्तुति दिने विभागका प्रमुख एवं प्राध्यापक डाक्टर तेजबहादुर थापाले बताए ।

नेपालसहित विभिन्न देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुको उपस्थित हुने उक्त सम्मेलनमा नेपालको जैविक विविधता, संरक्षणका प्रयास, वन्यजन्तु र पर्यावरणसँग सम्बन्धित रोग, जलवायु परिवर्तन, प्राणीशास्त्र र मानवबीचको सम्बन्धको बारेमा सम्मेलनमा प्रस्तुति दिइने प्राध्यापक थापाले जानकारी दिए ।

सम्मेलनबाट नेपालको प्राणी स्रोतको क्षेत्रमा महत्वपूर्ण सहयोग र नेपालको प्राणीशास्त्रको क्षेत्रमा रोजगारीका अवसर तथा विषयहरुमा सहयोग हुन सक्ने विश्वास आयोजकले लिएको छ ।

वैज्ञानिक, अनुसन्धानकर्ता, प्राज्ञ, प्राध्यापक तथा विद्यार्थीहरुको अनुसन्धानात्मक रिपोर्टको प्रस्तुतिकरण हुने सम्मेलनमा करिब १५० वटा अनुसन्धानात्मक पेपरहरु प्रस्तुत हुनेछन् ।

सम्मेलनमा विश्व वन्युजन्तु कोषका पूर्व प्रमुख वैज्ञानिक डा. इरिक डिर्नस्टिन,चाइनिज एकेडेमी अफ साइन्सेसका प्राध्यापक डाक्टर फूवेन वे, आईयूसीएनका पूर्व प्रमुख वैज्ञानिक डाक्टर जेफेरि म्याकनि‍ली, यूनिभर्सिटी अफ लन्डनका प्राध्यापक डाक्टर रिचार्ड कक र विश्व वातवरणीय कार्यक्रम (यूनेप) जैविक विविधता र जलवायू विभागकी प्रमुख डाक्टर भ्यालरी क्यपोसले सम्बोधन गर्ने प्राध्यापक थापाले बताए ।

प्रकाशित : मंसिर २, २०७७ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?