कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिन सम्पादन गर्ने विधिको विकास गर्ने दुई वैज्ञानिकलाई यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०२० को रसायन शास्त्रतर्फको नोबेल पुरस्कार जिन सम्पादन सम्बन्धी प्रविधिको विकास गर्ने दुई जना वैज्ञानिकहरुले पाउने भएका छन् ।

जिन सम्पादन गर्ने विधिको विकास गर्ने दुई वैज्ञानिकलाई यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

जिनोम इडिटिङ विधिको विकास गर्ने वैज्ञानिकद्वय इम्मानुएल सार्पेन्टिर र जेनिफर डाउड्नालाई यस वर्षको नोबेल पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कारको राशी १ करोड स्वीडस कोर्नर रहेको छ ।

उनीहरुलाई जीन परिवर्तन गर्न सकिने क्रिस्पर विधिको निर्माण गरेकोमा पुरस्कृत गरिएको हो । यो विधि मार्फत आनुबंशिकी परिवर्तन गर्न सकिन्छ । क्रिस्पर विधि अन्तर्गत एउटा ‘स्ट्रयान्डेट’ डीएनएको त्यान्द्रोमा अर्को केही मिलाएर परिवर्तन गरिन्छ । जहाँ भ्रूणको कुनै एक भागमा काटेर वा फोरेर त्यसलाई परिवर्तन गरी वंशाणुगत रोग रोक्न पनि सकिने वैज्ञानिकहरुले बताउँछन् ।

फ्रान्समा जन्मिएकी सार्पेन्टियर हाल जर्मनीस्थित म्याक्स प्लाङस युनिट फर साइन्स अफ प्याथोजनमा कार्यरत छिन् । यस्तै अमेरिकी नागरिक डाउड्ना क्यालिफोर्निया विश्वविद्यालयकी प्राध्यापक हुन् ।

दुवैले सन् २०१२मा जीन सम्पादन सम्बन्धिको विधि विकास गरेपछि यसको प्रयोग वनस्पति एवं अन्नबाली नष्ट गर्ने पेस्टहरुमा प्रयोग गरिएको थियो । यो विधि क्यान्सर रोगको अनुसन्धानमा प्रयोग हुँदै मेडिकल ट्रायलमा रहेको छ ।

दुई वर्षअघि एक चिनियाँ वैज्ञानिकले आनुवंशिकी (जीन) लाई परिवर्तन गरेर जुम्ल्याहा बच्चा जन्माएको विषयले तरंग पैदा भएको थियो । यही विधिको प्रयोग गरेर चिनियाँ वैज्ञानिक हि जिएन्कवेले बालिकाहरुलाई एचआईभी संक्रमण नहुने गुण विकास गरिएको दाबी गर्दै जुम्ल्याहा बच्चा जन्माइएको दाबी गरेका थिए ।

प्रकाशित : आश्विन २१, २०७७ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?