'ब्ल्याक होल' र आकाशगंगा तारापुञ्जको रहस्य पत्ता लगाउने ३ वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'ब्ल्याक होल' र आकाशगंगा तारापुञ्जको रहस्य पत्ता लगाउने ३ वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०२० को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार 'ब्ल्याक होल' र आकाशगंगा तारापुञ्जको रहस्य पत्ता लगाउने ३ वैज्ञानिकलाई प्रदान गरिने भएको छ ।

मंगलबार स्टकहोममा भएको एक कार्यक्रमकाबीच स्विडिस एकेडेमीले यस वर्षको भौतिकशास्त्रतर्फको नोबल पुरस्कारहरु भौतिकशास्त्रीहरु रोजर पेनरोज तथा राइनहार्ड गेन्जेल र एन्ड्रिया गेजलाई प्रदान गरिने घोषणा गरेको हो । पुरस्कारको आधा हिस्सा पेनरोजले पाउनेछन् भने आधा हिस्सा गेन्जेल र गेजले पाउनेछन् ।

नोबेल कमिटीका अनुसार पेनरोजलाई ‘ब्ल्याक होल’को बनोट सापेक्षताको सामान्य सिद्धान्तको एक बलियो पूर्वानुमान हो भन्ने कुरा पत्ता लगाए बापत नोबेल पुरस्कार प्रदान गरिएको हो ।

त्यस्तै, गेन्जेल र गेजलाई तारापुञ्ज(ग्यालेक्सी) को केन्द्रमा एउटा ‘सुपर म्यासिभ कम्प्याक्ट अब्जेक्ट’ छ भन्ने कुरा पत्ता लगाएबापत भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको हो ।

पेनरोज बेलायती वैज्ञानिक हुन् भने उनी अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक हुन् । त्यस्तै जर्मन नागरिक गेन्जेल म्याक्स प्ल्यांक इन्स्टिच्युट फर एक्स्ट्राटेरेस्टियल फिजिक्सका निर्देशक हुन् भने बर्कली विश्वविद्यालयका प्राध्यापक हुन् । त्यसै गरी अमेरिकी नागरिक गेज क्यालिफोर्निया विश्वविद्यालयकी प्राध्यापक हुन् । विजेताले गोल्ड मेडल र एक करोड स्विडिस क्रोनर प्राप्त गर्नेछन् ।

सन् २०१९ मा तीन जनालाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको थियो । जेम्बर पिबल्सलाई ब्रह्माण्ड विज्ञानमाथि नयाँ सिद्धान्त पत्ता लगाएको र मिसेल मेयर र डिडियर क्वेलोजलाई सौर्यमण्डलमा एक नयाँ ग्रह पत्ता लगाएको भन्दै नोबेल पुरस्कार दिइएको थियो । मिसेल र डिडियरले ५१–पेगासी बी ग्रह पत्ता लगाएका थिए ।

सोमबार चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिक हार्भी जे अल्टर, चार्ल्स एम राइस र माइकल हाउटनलाई प्रदान गरिने घोषणा गरिएको थियो ।

प्रकाशित : आश्विन २०, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो, २४ घण्टामा थपिए १ हजार ५५१ कोरोना संक्रमित 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मंगलबार थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ९० हजार ८१४ संक्रमितको संख्या पुगेको जनाए । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २२ हजार ७०९ जना रहेको छ ।

२४ घन्टामा ११ हजार ४७ पीसीआर परीक्षण भएका छन् । हालसम्म भने १० लाख ९९ हजार २७६ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताए ।

२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार ३४० रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार २२१ जना रहेका छन् ।


प्रकाशित : आश्विन २०, २०७७ १६:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×