नासा स्पेस एप्स च्यालेन्ज शुक्रबारदेखि- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नासा स्पेस एप्स च्यालेन्ज शुक्रबारदेखि

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०१२ देखि प्रत्येक वर्ष आयोजना गर्दै आएको नासा स्पेस एप्स च्यालेन्ज यो वर्ष शुक्रबारदेखि सुरु हुँदैछ ।

नासाका भू-उपग्रहरुले पृथ्वी तथा अन्तरिक्षका लिएका तथ्यांकको प्रयोग गर्दै प्रस्तावित समस्याहरुको समाधान दिने उत्कृष्ट सोच भएका प्रतियोगीलाई नासाले पुरस्कृत गर्दै आएको छ ।

विश्वभर आयोजना हुने यो कार्यक्रम नेपालमा नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले यो वर्षबाट ७ वटै प्रदेशका ८ ठाउँ (इटहरी, जनकपुर, ललितपुर, धुलिखेल, पोखरा, बुटवल, सुर्खेत र धनगढी)मा संयोजन गर्दैछ । कोरोनाका कारण सम्पूर्ण कार्यक्रम भर्चुअल माध्यमबट हुँदैछ ।

नासोले संयोजन गर्ने यो कार्यक्रममा सहभागीलाई शुक्रबार नासाकी पूर्व अन्तरिक्षयात्री सान्द्रा माग्नस, नासा हेड क्वार्टरको प्रोगाम साइन्टिस्ट हेनरी थ्रु र नासाको मुन मिसिनको ल्यान्डर निर्माणमा संलग्न रायन कोभ्रिकले प्रत्यक्ष रुपमा सम्बोधन गर्ने नासोका अध्यक्ष सुरेश भट्टरलाईले बताए । उनीहरुले नेपाली प्रतिस्पर्धीहरुलाई प्रोत्साहन गर्दै नासाको कामबारे पनि सहभागीहरुलाई जानकारी गराउनेछन् ।

अध्यक्ष भट्टराईले भने, 'मानिसहरुलाई यो एप्स बनाउने ह्याकाथन जस्तो लाग्छ तर यो हैन । यो आइडिया बनाउने हो र यसमा शुल्क पनि लाग्दैन । इनोभेटिभ सोच भएका सबैले भाग लिन पाउनेछन् ।' अभियानको पहिलो दिन सबै ८ वटै ठाउँहरुमा टोली निर्माण गरिनेछ । २ देखि ६ जनासम्म हुने प्रत्येक टोलीमा कम्तीमा महिला वा पुरुषलाई अनिवार्य गरिएको छ ।

शनिबार र आइतबार प्रतियोगीहरुले दिइएको चुनौतीमध्ये कुनै एक रोज्नेछन् र चुनौती समाधानका लागि अनलाइनमार्फत् आइतबार बेलुका १२ बजेसम्म उत्कृष्ट प्रस्ताव पेश गर्नेछन् । सहभागीहरुको प्रस्तावलाई एक हप्ताभित्रमा मूल्यांकन गरेर नतिजा प्रकाशित हुने अध्यक्ष भट्टराईले बताए । प्रत्येक सेन्टरबाट उत्कृष्ट २ प्रस्तावलाई ग्लोबल अवार्ड नोमिनिजको रुपमा नासालाई सिफारिस गरिनेछ ।

ग्लोबल अवार्ड पाउनेहरुलाई नासाले आफ्नो हेडक्वार्टरमा बोलाएर सम्मान गर्ने उनले सुनाए ।

प्रकाशित : आश्विन १५, २०७७ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्

व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरण : बटालाको फैसला पुनरावलोकन हुने 

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको कुटपिट र हत्यामा संलग्न नभएको अर्थ लगाउँदै तत्कालीन ब्रिगेड कमाण्डर गोविन्दबहादुर बटालालाई सफाई दिने आफ्नै संयुक्त इजलासको फैसलालाई सर्वोच्च अदालतले पुनरावलोकन गर्ने भएको छ । 
कृष्ण ज्ञवाली

काठमाडौँ — कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपितमध्येका एक गोविन्दबहादुर बटाला ‘जीवीत’लाई सफाई दिने आफ्नै फैसलालाई सर्वोच्च अदालतले पुनरावलोकन गर्ने भएको छ । न्यायाधीशहरु दिपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. मनोजकुमार शर्माको इजलासले बिहीबार पुनरावलोकनका लागि ‘निस्सा हुने’ आदेश गरेको हो । 

सरकारको तर्फबाट महान्यायाधिवक्ता कार्यालयले तीन साताअघि सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गराएको हो । अदालती भाषामा निस्सा हुने अनुमति भएपछि मुद्दाको फेरि सुनुवाई भई यसअघिको फैसला सही थियो कि थिएन भनी न्यायीक परीक्षण हुनेछ ।

सर्वोच्च अदालतको फैसलामा नजीरको उल्लंघन भए वा मुद्दा फैसलापछि महत्वपूर्ण प्रमाण भेटिए चित्त नबुझ्ने पक्षले पुनरावलोकनको निवेदन दिन पाउँछ । यही व्यवस्था अनुसार महान्यायाधीवक्ता कार्यालयले मुद्दाको पुनरावलोकनको निवेदन दिएको थियो ।

हत्यामा प्रत्यक्ष संलग्न नभएको भन्ने आधारमा सर्वोच्च अदालतले बटालालाई सफाई दिएको थियो । उनी श्रेष्ठलाई काठमाडौंदेखि चितवनसम्म अपहरण गर्ने काममा प्रत्यक्ष संलग्न थिए । फैसलामा न्यायाधीशहरु तेजबहादुर केसी र टंकबहादुर मोक्तान संलग्न थिए । सर्वोच्च अदालतको संयुक्त इजलासले बटालालाई घटनामा संलग्न नभएको भन्दै सफाई दिएको थियो ।

अर्का आरोपित संकल्प भनिने अर्जुन कार्कीलाई जिल्ला र पुनरावेदन अदालतकै फैसला सदर गरी २० रुपैयाँ जरिवाना गरेको हो । बटालाले यसअघि नै ३ वर्ष १५ दिन कैद भुक्तान गरिसकेका छन् । तर पछिल्लो फैसलाले उनलाई ‘नैतिक पतन’ हुनबाट जोगाएको थियो ।

यो मुद्दामा जोडिएका ३ जना अहिले पनि फरार भएकाले मुद्दा मुल्तवीमा राखिएको छ । सर्वोच्च अदालतले २०६८ साल असार ६ गतेको घटनामा रामहरि श्रेष्ठको अपहरणदेखि अपराधको सिलसिला सुरु भएको भनी त्यसमा संलग्नहरु कसुरदार हुने व्याख्या गरेको थियो । त्यो व्याख्या विपरित न्यायाधीशद्वय केसी र मोक्तानको इजलासले बटालालाई सफाई दिएको थियो ।

सम्बन्धित समाचार :

कोटेश्‍वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपी बटालालाई सफाइ

व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरण : बटालाको फैसलामा सरकार असन्तुष्ट


प्रकाशित : आश्विन १५, २०७७ १७:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×