२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

युवा वैज्ञानिक एकेडेमी गठन

काठमाडौँ — युवा र नयाँ पुस्ताका वैज्ञानिकहरुको आवाजलाई उठाउने हिसाबले नेशनल योङ एकेडेमी नेपाल (नयन) नामक संस्था गठन गरिएको छ ।

युवा वैज्ञानिक एकेडेमी गठन

वसन्त गिरीको अध्यक्षमा हाल ७ सदस्सीय तदर्थ समिति गठन गरिएको छ । नव गठित समितिको सदस्यहरुमा बालकुमारी ओलिया,विषेश खनाल,सागर रेग्मी, स्मृती पन्त, डा.सुरज भट्टराई र उत्तमबाबु श्रेष्ठ छन् । तदर्थ समितिमा एकजना चिकित्सक र अन्य सबैले विद्यावारिधि गरेका छन् ।

नव गठित एकेडेमीका तदर्थ समिति अध्यक्ष गिरीले भने,'नेपालमा विज्ञानको क्षेत्रमा नाष्ट छ, कला,भाषा साहित्यको क्षेत्रमा प्रज्ञा प्रतिष्ठान छ । तर यी संस्थाहरुले नयाँ पुस्ता र युवा वैज्ञानिकहरुको भावना समेट्न नसक्ने भएकाले हामीले युवा वैज्ञानिक एकेडेमीको आवश्यकता महसुस गरेर स्थापना गरेका हौं ।'

एकेडेमीको मुख्य उद्देश्य युवा वैज्ञानिकहरुको आवाजलाई अगाडी ल्याउने,प्राविधिक पक्षमा सघाउ गर्ने, नेपालको सन्दर्भमा उठ्ने विभिन्‍न विषयहरुमा प्राज्ञिक रुपमा धारणा दिने लगायतका कामहरु गर्ने गिरीले बताए । एकेडेमीमा जुनसुकै शैक्षिक विधाका अनुसन्धानकर्ताहरुले पनि सदस्यता लिन पाउने छन् ।

यसैबीच, नवगठित एकेडेमीले नेपाली युवा अध्यताहरुको अवस्था बारेमा बुझ्न राष्ट्रियस्तरको सर्वेक्षण आइतबारदेखि सुरु गरेको छ । सर्वेक्षणपछि नेपालका युवा अध्येताहरुको वास्तविक अवस्था थाहा हुने बताइएको छ ।

तदर्थ समितिमा विदेशबाट फर्किएका नेपाली अनुसन्धानकर्ताहरु धेरै देखिएपनि एकेडेमीमा विज्ञान र गैर विज्ञानका विद्यार्थीहरुलाई पनि समेटिने अध्यक्ष गिरीले बताए ।

प्रकाशित : भाद्र २८, २०७७ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?