कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सातौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२० को नतिजा प्रकाशित

काठमाडौँ — सातौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२० को अन्तिम नतिजा शनिबार प्रकाशन भएको छ । साउन १० देखि १६ गते सम्म सञ्चालित तेस्रो तथा अन्तिम चरण (बन्द शिविर) को नजिता शनिबार नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो)ले प्रकाशन गरेको हो । 

सातौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२० को नतिजा प्रकाशित

सिनियरतर्फ जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलका आकाश गुरुङ प्रथम भए । लकडाउनअघि सञ्चालन गरिएको जुनियरतर्फ पोखराको रेन्बो एकेडेमिक होम्स सेकेन्डरी स्कुलका सञ्जय श्रेष्ठ प्रथम भएका थिए ।

७ वटै प्रदेशमा सञ्चालन भएको प्रथम तथा दोस्रो चरणबाट छनोट भएका ३९ विद्यार्थीले बन्द शिविरमा सहभागी जनाएको नासोका अध्यक्ष सुरेश भट्टराईले बताए ।

बन्द शिविरमा नेपाली तथा विदेशी विषय विज्ञहरुमार्फत खगोल तथा अन्तरिक्ष विज्ञान सम्बन्धि सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु सञ्चालन गरिएको थियो ।

शिविरमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा सहभागिता जनाउन पाउनेछन् । कोरोना महामारीका कारण यस वर्ष अन्तर्राष्ट्रिय ओल्पियाड भर्चुअल हुँदैछन् ।

नासोले विगत ७ वर्षदेखि सञ्चाल गर्दै आएको एस्ट्रोनोमिकल ओलम्पियाडमा कक्षा ८-१२ सम्मका विद्यार्थीहरु सामेल हुँदै आएका छन् ।

प्रकाशित : भाद्र १३, २०७७ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?