हेपाटिक क्यान्सरका लागि अल्लो उपयोगी : अनुसन्धानकर्ता- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेपाटिक क्यान्सरका लागि अल्लो उपयोगी : अनुसन्धानकर्ता

गोविन्द पोखरेल

काठमाडौँ — नेपालमा पाइने अल्लोमा औषधीय,कस्मेटिक र खाना योग्य गुणहरु प्रशस्त मात्रामा पाइएको एक अनुसन्धानले देखाएको छ । अल्लोमा फाइटोस्टेरोल, फाटिएसिड, क्यारोटिन्वाइड्स, पोलिफिनोल जस्ता तत्वहरु पाइएको हो ।

त्रिवि वनस्पति शास्त्र अध्ययन संस्थानका पीएचडी अध्ययनरत श्यामशरण श्रेष्ठसहित उनका सुपरीवेक्षकहरु प्राध्यापक संगिता राजभण्डारी, दीपकराज पन्त र पाडोभा विश्‍वविद्यालय इटालीका प्राध्यापक स्टेफानो डालआक्‍वा सम्मिलत अनुसन्धानले उक्त निष्कर्ष निकालेको हो ।

मोलिक्युल्स जर्नलमा प्रकाशित उक्त अनुसन्धानले नेपालमा पाइने अल्लो हेपाटिक क्यान्सरका लागि सबैभन्दा बढी उपयोगी देखिएको पनि जनाएको छ ।

अनुसन्धानकर्ता श्रेष्ठले कान्तिपुरलाई भने,‘अल्लोले हेपाटिक क्यान्सरका बिरामीलाई क्यान्सर लगाउने कोषहरु वृद्धि गर्न दिँदैन । यसमा भएका फाइटोस्टेरोलले कोष वृद्धि गर्न नदिने भएकाले अल्लो बहुउपयोगी छ ।’ फाइटोस्टेरोल तत्वले कलेजोमा क्यान्सर वृद्धि गर्ने कोषहरु रोकिदिने काम गर्ने अनुसन्धानकर्ता श्रेष्ठले बताए । अल्लोमा हुने तत्वले हेपाटिक, प्यानक्रियाटिक र ओभरियन सेललाइन विरुद्ध काम गर्ने देखिएको पनि उनले बतए ।

नेपालमा अल्लोको एउटा प्रजाति मात्रै पाइन्छ । नेपालीमा चाल्ने सिस्‍नुले समेत भनिने अल्लो घरायसी सिस्‍नुभन्दा केही फरक हुने गरेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

यो प्रजातिको अल्लो नेपालमा १२ सयदेखि ३ हजार मिटरको उचाईमा पाइन्छ । श्रेष्ठले सिन्धुलीगढीबाट अल्लोको नमुना संकलन गरेर इटालीस्थित पादोवा विश्वविद्यालयमा यसमा पाइने तत्व‍हरुको अध्ययन गरेका थिए ।

लुगा, डोरी, सुकुल, नाम्लो र उपहारका सामानहरु बनाउन प्रयोग हुँदै आएको अल्लो नेपाल लगायत भारत, भुटान, पूर्वी चीन, म्यानमार, इन्डोनेसिया, अफ्रिकामा पनि पाइन्छ ।

पराम्परागत मान्यता अनुसार नेपालमा अल्लो खानाले ग्यास्ट्रिक, छाती दुखाइ,बाथ, क्षयरोग, टाउको दुखाइ, मधुमेह, दम सुत्केरी व्यथा, रक्त शुद्धीकरण हाड भाँचिएको ठाउँमा उपयोग हुँदै आएको अनुसन्धानकर्ता श्रेष्ठले बताए ।

प्रकाशित : जेष्ठ २३, २०७७ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्

लमजुङमा बोक्सीको आरोपमा मुद्दा

आश गुरुङ

लमजुङ — बेंसीसहर नगरपालिका–८ फूलबारी चोकका विजय श्रेष्ठले कुटपिट गरेको भन्दै उजुरी दिएका मायादेवी सिलवालविरुद्ध बोक्सीको आरोपमा मुद्दा परेको छ ।

मायादेवीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका विजय एक सातादेखि प्रहरी हिरासतमा छन् । वडासदस्यसमेत रहेका उनलाई प्रहरीले अभद्र व्यवहार ऐन अन्तर्गत मुद्दा चलाएको छ । मायादेवीविरुद्ध विजयकी आमा विष्णुकमारी श्रेष्ठले उजुरी दिएकी हुन् । बोक्सीको आरोप लगाएर अपशब्द बोल्ने र तथानाम गालीगलौज गरेको भन्दै छिमेकी मायादेवीविरुद्ध विजयकी आमा विष्णुकुमारीले उजुरी दिएकी हुन् ।

प्रहरीमा मुद्दा दिन गएकोमा लिन नमानेपछि सरकारी वकिलको कार्यालयमा गएर उजुरी दिएको श्रेष्ठ परिवारले बताएको छ । प्रहरी निरीक्षक ओमप्रकाश पुनले अभद्र व्यवहार ऐन अन्तर्गत मुद्दा ल्याएपछि सिलवालविरुद्ध उक्त आरोप पुष्टि हुन नसक्ने भन्दै कार्यालयबाट मुद्दा फिर्ता पठाइएको बताए । बोक्सीको आरोपमा प्रहरी कार्यालयमा मुद्दा ल्याएकोबारे थाह नभएको र सरकारी वकिल कार्यालयबाट प्राप्त भएको जानकारी आएको उनले बताए ।

जिल्ला न्यायधिवक्ता टेकबहादुर कार्कीले गत मंगलबार उजुरी परेपछि मुद्दा अघि बढाउन प्रहरी कार्यालय पठाएको बताए । नयाा ऐन अन्तर्गत प्रहरीमा दर्ता हुन नसकेका उजुरीलाई जिल्ला सरकारी वकिलको कार्यालयले लिने र अनुसन्धानको लागि प्रहरीमा पठाउने व्यवस्था छ ।

छिमेकी सिलवालविरुद्ध ७५ बर्षीया विष्णुकुमारीले बोक्सी भनेको आरोपमा कसुर/सजाय ऐन २०७२ अनुसार मुद्दा दिएकी हुन् । श्रेष्ठले दिएको उजुरीमा मायादेवी सिलवालले विगत लामो समयदेखि आफूलाई बोक्सी भन्दै गालीगलौज गर्ने गरेको, अश्लिल शब्द प्रयोग गरी धारे हात लगाउने गरेको उल्लेख छ । घरपरिवारले सम्झाउादा पनि उल्टै आफ्नो परिवारका सदस्यसंग पनि झगडा गर्ने गरेको उल्लेख उजुरीमा छ । विजयले मायादेवीलाई कुटपिट गरेपछि दुवै पक्ष प्रहरीकोमा पुगेको बेला मायादेवीका गाउँले काँग्रेसका पूर्व सभापति शंकरकान्त जोशी पनि पुग्दा विजयले जोशीलाई समेत लात्ती प्रहार गरेका थिए । आफूमाथि कुटपिट हुँदा समेत पार्टीले वास्ता नगरेपछि जिल्ला विकास समितिका पूर्व सभापति समेत रहेका जोशीले पार्टीको जिल्ला कार्य समिति सदस्यबाट राजीनामा दिइसकेका छन् ।


प्रकाशित : जेष्ठ २३, २०७७ १८:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×