कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सूचना प्रविधि क्षेत्रलाई अत्यावश्यक सेवामा राख्‍न माग

काठमाडौँ — क्यान महासंघले सूचना तथा प्रविधि क्षेत्रलाई पनि अत्यावश्यक सेवाको सूचीमा राख्‍न सरकारसमक्ष माग गरेको छ । वैशाख २४ गतेको बैठकले तीन दर्जनभन्दा बढी क्षेत्रलाई प्राथमिकतामा राखी लकडाउनको अवधिमा सञ्चालन गर्न सकिने निर्णय गरेको भए पनि सूचना प्रविधिसम्बन्धी व्यवसाय त्यसमा नसमेटिएको भन्दै क्यानले यस्तो माग गरेको हो ।

क्यान महासंघका पदाधिकारीले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीमार्फत मन्त्री युवराज खतिवडालाई ज्ञापन पत्र बुझाएका थिए । ‘सूचना तथा सञ्चारको सुविधाबिना व्यावसायिक जीवनको कल्पना गर्न सकिँदैन तर सरकारको प्राथमिकतामा यो क्षेत्र नपर्नुलाई हामीले बिडम्बना मानेका छौं,’ ज्ञापन पत्रमा भनिएको छ,‘लकडाउनको अवधिमा यो क्षेत्रका व्यवसायमा संलग्नहरुलाई आफ्नो कर्मचारीलाई अत्यावश्यक स्थलमा पठाउन र सुविधा दिन समस्या परेको छ ।’


प्रकाशित : वैशाख २७, २०७७ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?