कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

फ्युजमेशिन्सले सुरु गर्‍यो डिजिटल क्लासरुम प्लेटफर्म

काठमाडौँ — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा काम गरिरहेको फ्युजमेशिन्सले विद्यार्थी लक्षित एआईसहितका वेब तथा मोबाइल एप प्लेटफर्म सार्वजनिक गरेको छ ।

फ्युजमेशिन्सले सुरु गर्‍यो डिजिटल क्लासरुम प्लेटफर्म

अनलाइन सिकाईको लागि काम लाग्ने एआईका फिचरसहितको यो वेब र मोबाइल एपले विद्यालयलाई एआईको युवमा प्रवेश गराउने कम्पनीले जनाएको छ ।

फ्युज क्लासरुम नाम दिइएको यो डिजिटल प्लेटफर्ममा विद्यार्थीको प्रगति निरीक्षण, प्रश्तोत्तर, पाठ्यक्रममा थप सिकाई आवश्यक पर्ने विद्यार्थीको लागि एआईको माध्यमबाट थप सुझावहरु दिने सुविधा छ ।

पाठ्यक्रमबाहेक विद्यालयको प्रशासन, प्राज्ञिक परामर्श, एल्मुनाई फिचर पनि यसमा समावेश रहेको कम्पनीले जनाएको छ ।

एक वर्षदेखि कम्पनीले विद्यालयलाई काम लाग्ने गरी डिजिटल प्लेटफर्म बनाइरहेको र कोभिड–१९ को प्रभावको बेला विद्यालयलाई सहायता गर्न निर्धारित तालिका भन्दा चाँडै यसलाई सार्वजनिक गरिएको फ्युजमेशिन्सका संस्थापक समीर मास्केलाई उद्धृत गर्दै कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित : वैशाख १२, २०७७ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?