कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लकडाउन भर पैसा नतिरे पनि इन्टरनेट लाइन काट्न नपाइने

पछि पैसा तिर्दा जरिवाना लिन नपाइने

काठमाडौँ — इन्टरनेटबापत्को भुक्तानी महसुल नतिरे पनि लकडाउन अवधिभर सेवा अवरुद्ध नगर्न सेवा प्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ ।

लकडाउन भर पैसा नतिरे पनि इन्टरनेट लाइन काट्न नपाइने

प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै पछि भुक्तानी गर्दा कुनै प्रकारको जरिवाना शुल्क नलिन पनि सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

लकडाउनको अवधिमा अनलाइन भुक्तानी गर्ने व्यवस्था मिलाउन र अनलाइनबाट भुक्तानी गर्न असमर्थ भएका ग्राहकको सेवा अवरुद्ध नगर्न प्राधिकरणले निर्देशन दिएको हो ।

कोरोना भाइरस रोग (कोभिड–१९) को संक्रमण फैलिन नदिन देशभर लकडाउन भएको अवस्थामा समयमा भुक्तानी नतिरेका कारण केही सेवा प्रदायकले सेवा अवरुद्ध गरेको गुनासो पाएको भन्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।

इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान) नेपालले यसअघि नै लकडाउनको अवधिमा रकम भुक्तानी नगरे पनि प्रयोगकर्ताको सेवा अवरुद्ध नगर्ने प्रतिबद्धता जनाएको भए पनि केही प्रयोगकर्ताको इन्टरनेट लाइन काटिएको गुनासो प्राधिकरणले पाएको थियो ।

यसअघि मन्त्रिपरिषद् बैठकले निजी क्षेत्रका सेवा प्रदायकहरुलाई चैत महिनाको इन्टरनेट महसुलमा २५ प्रतिशत छुट दिन आव्हान गरेको भए पनि सेवा प्रदायकले अस्वीकार गरेका छन् ।

व्याण्डवीथको माग बढेको, डलरको भाउ बढेको कारण सरकारले राहत प्याकेज नदिएसम्म छुट दिन नसकिने उनीहरुको दाबी छ ।

प्रकाशित : वैशाख ५, २०७७ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?