१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

हजार जनालाई प्रोग्रामिङ र ग्राफिक डिजाइनिङको निःशुल्क तालिम

काठमाडौँ — लकडाउनका कारण विद्यार्थीको पढाई प्रभावित भएपछि नियोस्फेयरले एक हजार जनालाई अनलाइनबाटै निःशुल्क प्राग्रामिङ र ग्राफिक डिजाइनको तालिम दिने भएको छ ।

हजार जनालाई प्रोग्रामिङ र ग्राफिक डिजाइनिङको निःशुल्क तालिम

विद्यार्थीहरु घरमै बसेर दुई हप्ताको तालिम निःशुल्क लिन सक्ने नियोस्फेयरले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

यो तालिममा सबै उमेर समूहका विद्यार्थी भर्ना हुन सक्ने कम्पनीले जनाएको छ । नियोस्फेयरको वेबसाइटमा गएर विद्यार्थीले नाम दर्ता गर्न सक्ने विज्ञप्तीमा जनाइएको छ ।

गोल्छा अर्गनाइजेसनद्धारा स्थापित नियोस्फेयरले सूचना प्रविधिसँग सम्बन्धित सीपमूलक तालिम दिंदै आएको छ ।

अनलाइनमार्फत शिक्षकले तालिम दिने कम्पनीले जनाएको छ । एउटा अनलाइन कक्षामा ५० जनासम्म सहभागी गराउने तयारी भएको कम्पनीले जनाएको छ । इच्छुकको लागि नाम दर्ता सुरु भएको कम्पनीले जनाएको छ ।


प्रकाशित : वैशाख ३, २०७७ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?