प्रयोगकर्ताको तथ्यांक सुरक्षित छ : भाइबर 

काठमाडौँ — केही दिनयता नेपालका प्रयोगकर्ताहरुले आफूले माग्दै नमागेको एक्टिभेसन कोडहरु प्राप्त गर्न थालेपछि भाइबरले विज्ञप्ती जारी गर्दै प्रयोगकर्ताको तथ्यांक ‘सुरक्षित र गोप्य’ रहेको जानकारी दिएको छ । 

प्रयोगकर्ताको तथ्यांक सुरक्षित छ : भाइबर 

एक महिना अघि खाना डेलिभरीको सेवा दिने फुडमाण्डु र एक साता अघि इन्टरनेट सेवा प्रदायक भायानेटका प्रयोगकर्ताको तथ्यांक सार्वजनिक भएको थियो । उक्त तथ्यांकमा समावेश फोन नम्बरमा केही दिनयता यस्तो समस्या भइरहेको छ ।

‘भाइबरसँग सिधैं सम्बन्धित नभएता पनि भाइबर प्रयोगकर्ताको अकाउन्टमा पहुृँच गर्न स्प्यामरले अन्य कम्पनीबाट लिक गरिएको डाटा प्रयोग गर्न सक्छन्,’ भाइबरको विज्ञप्तीमा भनिएको छ ।

यो आक्रमणलाई रोक्न भाइबरले तत्काल कदम चालेको र भविष्यमा यस्ता आक्रमण रोक्न थप कार्य गरिरहेको विज्ञप्तीमा जनाइएको छ ।

आफूले माग्दै नमागेको एक्टिभेसन कोड पाइरहेको भए भाइबजरलाई जानकारी दिन पनि विज्ञप्तीमा अनुरोध गरिएको छ ।


प्रकाशित : वैशाख २, २०७७ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?