कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

जापानमा नेपाली वैज्ञानिक पुरस्कृत

काठमाडौँ — नेपाली वैज्ञानिक जापानमा पुरस्कृत भएका छन् । जापानको साइन्स सिटी भनेर चिनिने चुकूबामा अवस्थित नेसनल इन्स्टिच्युट फर मेटेरियल साइन्स(निम्स)ले सौर्य ऊर्जाको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै नेपाली वैज्ञानिक ध्रुव खड्कालाई पुरस्कृत गरेको हो।

जापानमा नेपाली वैज्ञानिक पुरस्कृत

सन् २०१६ मा सेमी कन्डक्टर फिजिक्समा दक्षिण कोरियाको इन्‍छन नेसनल युनिर्भसिबाट विद्यावारिधि गरेका खड्काको हेलाइड पेरोभसकाइट पदार्थको प्रयोग गरेर सौर्य ऊर्जा उत्पादन गर्न सकिने सम्बन्धीको अनुसन्धानलाई उत्कृष्ट ठहर्‍याउँदै निम्सले पन्ध्रौ प्रेसिडेन्ड अवार्ड फर एड्भान्स इन्स साइन्स एन्ड टेक्नोलोजी फर योङ साइन्टिस्ट अवार्ड प्रदान गरेको हो।

हेलाइड पेरोभसकाइट एक नवीनतम् एवं बहुउपयोगी पदार्थ भएको खड्काले बताए । उनका अनुसार अहिले सोलार प्यानलहरुमा प्रयोग हुदै आएको सिलिकनको विकल्पमा पेरोभसकाइटलाई प्रयोग गरे भविष्यमा विद्युत्‌को मूल्य झन् सस्तो हुने उनले बताए । यो पदार्थ सिलिकनभन्दा धेरै नै सस्तो भएकाले यसको उपयोगिताबारे अहिले खड्काले अनुसन्धान गरिरहेका छन्।

उनले भने,‘मेरो अनुसन्धानले सिलिकनको विकल्प पेरोभसकाइट हुने देखाइसकेको छ । अब यसलाई कसरी लामोसमयसम्म टिकाउ बनाउने भन्नेमा अनुसन्धान केन्द्रित छ । यदि यो पदार्थलाई सिलिकनभन्दा धेरै समयसम्म टिकाउ हुने संरचना निर्माण गरियो भने भविष्यमा सोलार प्यानलमा सिलिकनको सट्टा यसको प्रयोग हुनेछ । ’सिलिकनको कार्यक्षमता २६ दशमलव ७ प्रतिशत रहेको र पेरोभसकाइटको पनि त्यसैको हाराहारीमा रहेको उनले सुनाए ।

उदयपुरको चौदण्डीगढी घर भएका खड्का विगत ४ वर्षदेखि निम्समा स्टाफ साइन्टिस्टको रुपमा कार्यरत छन् । उनले सौर्य ऊर्जासँग सम्बन्धित थुप्रै लेख विभिन्‍न जर्नलमा प्रकाशित छन् ।

प्रकाशित : वैशाख २, २०७७ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?