टेलिकमको भ्वाइस तथा डाटा छूट प्याकेज

काठमाडौँ — नेपाल टेलिकमले बिहीबारदेखि ७ दिनका लागि भ्वाइस तथा मोबाइल डाटा सेवामा छूटसहितको प्याकेज ल्याएको छ । 

टेलिकमको भ्वाइस तथा डाटा छूट प्याकेज

सरकारले चैत १६ गते डाटा सेवामा २५ प्रतिशत छूट दिने निर्णय गरेको थियो । सोहीअनुसार चैत २० देखि २६ गतेसम्म लागू हुने गरी मोबाइल डाटा सेवाको आधारभुत दर जीएसएममा ३० प्रतिशत र सीडीएमएमा २७ प्रतिशत छूट दिइएको टेलिकमले जनाएको छ ।

यसअनुसार जीएसएम तथा सीडीएमए मोबाइल डाटामा प्रतिएमबी करसहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा हुनेछ ।


प्रकाशित : चैत्र २०, २०७६ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?