कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

क्‍वारेन्टाइनमा नि:शुल्क वाइफाइ

गणेश चौधरी

टीकापुर — टीकापुरमा क्‍वारेन्टाइनमा रहेकाका लागि फ्रि वाइफाइको व्यवस्था गरिएको छ । टीकापुर नगरपालिकाले टीकापुर बहुमुखी क्याम्पसमा बनाएको क्‍वारेन्टाइनमा फ्रि वाइफाइ जडान गरेको हो ।

क्‍वारेन्टाइनमा नि:शुल्क वाइफाइ

क्‍वारेन्टाइनमा रहेकालाई समय बिताउन र आफन्तसित कुराकानी गर्न तथा देश दुनियाँको खबर थाहा पाउन सजिलो होस् भनेर वाइफाइ जडान गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए । उनले भने,‘क्‍वारेन्टाइनमा रहेकाहरु आफन्तसित भिडियो कल गर्छन् । फेसबुक चलाएर दिन कटाइरहेका छन् ।’उनले ४० एमबीपीएस गतिको इन्टरनेट जोडिएको बताए ।

टीकापुर नगरपालिकाको टीकापुर बहुमुखी क्याम्पसमा रहेको क्‍वारेन्टाइनमा २५ जना रहेका जनाइएको छ । ती सबै भारतका विभिन्न सहरबाट आएका जनाइएको छ । क्‍वारेन्टाइनमा रहेका सबैको खान बस्न व्यवस्था नगरपालिकाले नै गरेको जनाएको छ । टीकापुरमा कोरोनो भाइरस संक्रमितको उपचारका लागि १५ वटा आइसोलेसन कक्ष बनाइएको छ ।

प्रकाशित : चैत्र १६, २०७६ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?