कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सामाजिक सञ्जालबाट पनि ठगिएको उजुरी गर्न सकिने, यस्ता छन् तरिका 

काठमाडौँ — सरकारले उपभोक्ताको गुनासो सामाजिक सञ्जालबाट सुनुवाई गर्ने भएको छ । आपूर्ति व्यवस्थालाई सहज र चुस्त बनाउन बाणिज्य आपूर्ति तथा उपभोत्ता संरक्षण विभागले बिहीबारदेखि कल सेन्टर सुरु गरेको हो । 

सामाजिक सञ्जालबाट पनि ठगिएको उजुरी गर्न सकिने, यस्ता छन् तरिका 

विभागका अनुसार उपभोत्ताले आफ्नो गुनासो पैसा नलाग्ने फोन नम्बर (११३७) तथा सामाजिक सञ्जाल फेसबुक, ट्वीटर पनि पनि उजुरी गर्न सकिन्छ ।

यस्तै, भाइबर (९८५११८०९५९), इमो, स्काइप, एसएमएस मार्फत गुनासो/उजुरी गर्न सकिने विभागले जनाएको छ ।

विभागले यसअघि टोल फ्रि नम्बर ११३७ बाट मात्रै गुनासो सुनुवाई गर्दे आएको थियो । टोल फ्रि नम्बरमा सबै भन्दा बढी ग्यास नपाएको उजुरी परेको थियो

प्रकाशित : चैत्र १३, २०७६ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?