३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कोरोना रोकथामको लागि एनसेलको १० करोड

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको लागि सरकारले स्थापना गरेको विशेष कोषमा टेलिकम सेवा प्रदायक एसनेलले १० करोड रुपैयाँ दिएको छ । 

कोरोना रोकथामको लागि एनसेलको १० करोड

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई भेटेर एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार १० करोडको चेक हस्तान्तरण गरेका हुन् ।


यो सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुनेछ ।


एनसेलको सहयोग बुझ्दै प्रधानमन्त्री कार्यालयका सचिव विडारीले सरकारको प्रयासमा निजी क्षेत्रको सहयोग सह्राहनीय भएको बताए ।


सहयोग हस्तान्तरण गर्दै एनसेलको प्रमुख कार्यकारी अधिकृत चोङ्गले सामाजिक उत्तरदायित्व अन्तर्गत एनसेलले यो सहयोग गरेको बताए । ‘हाम्रो सहयोगले सरकारलाई अत्यावश्यक स्वास्थ्य सामग्री र उपकरण खरिदमा सरकारलाई सहयोग हुनेछ,’ उनले भने ।


स्थापनाकालदेखि एनसेलले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपालको सामाजिक, आर्थिक विकासमा सहयोग पुर्‍याउँदै रु ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको कम्पनीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।


प्रकाशित : चैत्र ११, २०७६ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?