२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कोरोनाबारे जानकारी दिन स्वास्थ्य मन्त्रालयको भाइबर कम्युनिटी, यसरी जोडिनुहोस् 

विजय तिमल्सिना

काठमाडौँ — कोरोनाबारे आधिकारीक जानकारी दिने उद्देश्यले स्वास्थ्य मन्त्रालयले भाइबर कम्युनिटी सुरु गरेको छ । यसमा जति पनि भाइबर प्रयोगकर्ता जोडिन सक्छन् ।

कोरोनाबारे जानकारी दिन स्वास्थ्य मन्त्रालयको भाइबर कम्युनिटी, यसरी जोडिनुहोस् 

मंगलबार सुरु भएको भाइबर कम्युनिटीमा हालसम्म एक हजार ८ सय बढी सदस्य भइसकेका छन् ।


यो कम्युनिटीमा कोरोना भाइरसबाट बच्ने उपायहरुका साथै कोरोनाको बिषयमा मन्त्रालयको आधिकारीकहरु जानकारी पाउन सकिन्छ ।


भाइबर प्रयोगकर्ताले यहाँ क्लिक गरेर यो कम्युनिटीमा आवद्ध हुन सक्छन् । यसका साथै, भाइबरको सर्चबारमा गएर एमओएच नेपाल कोभिड २०१९ टाइप गरेर पनि यो कम्युनिटीमा आवद्ध हुन सकिन्छ ।


यो कम्युनिटीका सदस्य भइसकेकाहरुले आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई आवद्ध गराउन पनि मिल्छ ।



प्रकाशित : चैत्र ११, २०७६ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?