कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रिचार्ज रकम बराबरको बोनस दिन टेलिकम कम्पनीलाई निर्देशन

विजय तिमल्सिना

काठमाडौँ — उपभोक्ताले जति रकम बराबरको रिचार्ज गर्छन् सोही बराबरको बोनस दिन नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार कम्पनीलाई निर्देशन दिएको छ ।

रिचार्ज रकम बराबरको बोनस दिन टेलिकम कम्पनीलाई निर्देशन

प्राधिकरणको मंगलबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।


उनका अनुसार प्राधिकरणको निर्णय मंगलबारै सेवा प्रदायकहरुलाई पठाइसकिएको छ । बढीमा एक महिनाको लागि यस्तो व्यवस्था गर्न निर्देशन दिइएको उनले जानकारी दिए । प्राधिकरणको सञ्चालक समिति बैठक अनलाइन मार्फत बसेको उनले जानकारी दिए ।


प्राधिकरणको पत्र कार्यान्वयनको लागि अध्ययन भइरहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक दिल्ली अधिकारीले जानकारी दिए । उनका अनुसार जति रकम रिचार्ज गरेको हो सोही बराबरको व्यालेन्स दिनुको सट्टा भ्वाइस र डाटामा बोनस दिने तयारी छ ।


‘रिचार्ज रकम बराबरको व्यालेन्स दिंदा करको बिषय पनि हुन्छ,’ उनले भने, ‘उपभोक्ताले कुनै रकम बराबरको रिचार्ज गरे पनि सोही बराबरको भ्वाइस कल र डाटा बोनसको रुपमा दिन सकिन्छ । हामी तयारी गर्दैछौं ।’


आजको बैठकले व्यालेन्स सकिएमा २ सय रुपैयाँसम्म सापटी दिन पनि टेलिकम कम्पनीहरुलाई निर्देशन दिइएको छ भने सस्तो डाटा प्याकेज घोषणा गर्न प्राधिकरणको पूर्व स्वीकृति नचाहिने व्यवस्था गरेको छ ।


प्रकाशित : चैत्र ११, २०७६ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?