हुवावेको 'वाई सेभेन पी'

कान्तिपुर संवाददाता

हुवावे कन्जुमर बिजनेस ग्रुपले नेपाली बजारमा ‘हुवावे वाई सेभेन पी’ सार्वजनिक गरेको छ  । कम्पनीले हालै हुवावे वाई सिरिजअन्तर्गतको ४८ एमपी मेन र ट्रिपल क्यामेरा सिस्टमको नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो  ।

यसमा ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज छ । यसको मूल्य नेपाली बजारमा २३ हजार ९ सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । अल–राउन्ड फोटो खिच्ने अनुभव, सधैं एक्सेसिबल हुने स्मार्ट कम्प्यानियन, ४ हजार एमएएचको ठूलो ब्याट्रीलगायत विशेषता यसमा छन् । प्रकाशित : चैत्र ३, २०७६ १२:३८

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

विदेशी विनिमय मुद्दामा फरार शेर्पा पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंले विदेशी विनिमय मुद्दामा फरार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ३ की साङ्डोमा शेर्पालाई लाई पक्राउ गरेको छ ।

शेर्पालाई ब्यूरोको टोलीले आइतबार स्वयम्भूबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए।
विदेशी विनिमय मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतको २०७१ साउन २० गते शेर्पालाई ६८ लाख ६२ हजार ४ सय १३ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।

फैसलापछि फरार शेर्पालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएको र अदालतको आदेशले केन्द्रीय कारागार कार्यालय काठमाडौं पठाइएको प्रवक्ता पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित : चैत्र ३, २०७६ १२:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×