कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

फोन स्लो पार्दा एप्पललाई ५० करोड डलर जरिवाना

कान्तिपुर संवाददाता

काठमाडौँ — एप्पलले पुरानो आइफोन स्लो बनाएको मुद्दामा ५० करोड अमेरिकी डलर तिर्न सहमति जनाएको छ । यद्यपि एप्पलले तिर्ने जरिवाना अदालतबाट स्वीकृत हुन बाँकी छ । एप्पलले फोन स्लो भएको उजुरीकर्ताहरूलाई बाँड्ने गरी यस्तो सहमति जनाएको हो ।

फोन स्लो पार्दा एप्पललाई ५० करोड डलर जरिवाना

एप्पलले पुराना आइफोनलाई ब्याट्रीमार्फत स्लो बनाउने गरेको खुलासा भएपछि अमेरिकी अदालतमा मुद्दा परेको थियो । सन् २०१७ को डिसेम्बरमा एप्पल स्वयम्ले यो आरोप स्विकारेको थियो । एप्पलले पुरानो आइफोन एक्कासि बन्द हुने समस्या नहोस् भनेर स्लो बनाउने गरेको खुलाएको थियो ।


एप्पलले गलत मनसायले नभई प्रयोगकर्ताको हितका लागि यसो गरेको दाबी गरे पनि पुरानो आइफोन प्रयोगकर्तालाई नयाँ किन्नका लागि दबाब दिन यसो गरिएको आरोप लाग्दै आएको छ ।

प्रकाशित : फाल्गुन २३, २०७६ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?