१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

साइन्स ओलम्पियाडकाे उपाधि पराजुलीलाई

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रियव्यापी साइन्स ओलम्पियाड-२०१९ को उपाधि काठमाडौं मोडल स्कुलका छात्र विमल पराजुलीले जितेका छन् । दुई चरणमा भएको प्रतियोगितामा पराजुलीले देशभरबाट सहभागी अढाइ सय विद्यार्थीहरुलाई हराउँदै प्रथम भएका हुन् ।

साइन्स ओलम्पियाडकाे उपाधि पराजुलीलाई

मेघा कलेजका डायमन्ड जीसी दोस्रो र काठमाडौं मोडल कलेजका विपुल न्यौपाने तेस्रो भए ।


ओ‌लम्पियाडमा उत्कृष्ट भएकाहरुलाई नगद र प्रमाणपत्रसहति पुरस्कृत गरिएको साइन्स ओलम्पियाड–२०१९ का कार्यक्रम संयोजक एवं नेपाल साइन्स ओलम्पियाडका कार्यसमिति सदस्य सिजर भट्टले जानकारी दिए ।


ए–लेभल र कक्षा ११/१२ मा विज्ञान विषय लिएर पढिरहेका विद्यार्थीहरुलाई लक्षित गरी आलम्पियाडको आयोजना गरिएको थियो ।


युवा प्रतिभालाई प्रोत्साहन, विद्यार्थीहरुलाई विज्ञानमा रुचि जगाउने, राष्ट्रिय प्रतिभाको पहिचानजस्ता उद्देश्य लिएर कार्यक्रमको आयोजना गरिएको थियो ।


नेपाल साइन्स ओलम्पियाडले सन् २०१२ देखि राष्ट्रियव्यापी साइन्स ओलम्पियाडको आयोजना गर्दै आएको छ ।

प्रकाशित : फाल्गुन ६, २०७६ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?