१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपालको सूक्ष्म जीवीय पारिस्थितिकी अनुसन्धानद्वारा उजागर गर्न सुझाव

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा विशेष प्रकारको सूक्ष्म जीवीय पारिस्थितिकी रहेको र यसलाई अनुसन्धानद्वारा विश्व सामु उजागर गर्नुपर्ने तीन दिने सुक्ष्म जीव विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलनले सुझाव दिएको छ ।

नेपालको सूक्ष्म जीवीय पारिस्थितिकी अनुसन्धानद्वारा उजागर गर्न सुझाव

यसका लागि यहाँ वैज्ञानिकहरुको बलियो सञ्जाल निर्माण गरेर अनुसन्धान सहकार्य गर्नुपर्ने सुझाव दिइएको छ ।

पोखरामा तीनदिसम्म चलेको उक्त सम्मेलनले नेपालले सूक्ष्मजीव विज्ञानको क्षेत्र विकासमा उल्लेख्य भुमिका खेल्न सक्‍ने जनाएको छ । सुक्ष्म जीवीय विविधताको थप गहन अध्ययन गरी यस क्षेत्रको आर्थिक सम्वृद्विमा योगदान पुर्‍याउन सकिने बताइएको छ ।

नेपालसहित विभिन्‍न मुलुकका गरी १ सय ६० जना वैज्ञानिकहरुको सहभागी रहेको उक्त सम्मेलनमा सूक्ष्म जीवीय पारिस्थिक विज्ञानका विभिन्न क्षेत्रका अनुसन्धानका ६ वटा मुख्य, १६ वटा आमन्त्रित लगायत ४० वटा मौखिक कार्यपत्र र ३६ वटा पोस्टर कार्यपत्र प्रस्तुत गरिएका सम्मेलन आयोजक समितिका संयोजक एवं सह-प्राध्यापक देवराज जोशीले जानकारी दिए ।

माइक्रोबियल इकोलोजी नेटवर्क नेपाल,गण्डकी प्रदेश,नाष्ट,त्रिवि लगायत विभिन्न संस्थाहरुको सहयोगमा सम्मेलनको आयोजना गरिएको थियो ।

प्रकाशित : फाल्गुन ५, २०७६ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?