१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

ब्ल्याकबेरीको डिजाइन बन्द

कुनै बेलाको चर्चित स्मार्टफोन निर्माता ब्ल्याकबेरीले आफ्नो लागि आफैंले स्मार्टफोनको डिजाइन नगर्ने भएको छ । ब्ल्याकबेरीले चार वर्षयता स्मार्टफोन डिजाइन गरी चिनियाँ निर्माता टीसीएलबाट उत्पादन गरी बजारमा पठाउँदै आएको थियो । स्मार्टफोन डिजाइनको लागि अर्को कम्पनीलाई जिम्मा दिने उसको योजना छ । 

ब्ल्याकबेरीको डिजाइन बन्द

गत सातादेखि नै चिनियाँ स्मार्टफोन उत्पादक टीसीएलले ब्ल्याकबेरीको डिजाइनलाई आफूले उत्पादन नगर्ने घोषणा गरेको थियो । कुनै बेला विश्वको चर्चित स्मार्टफोन ब्राण्ड ब्ल्याकबेरी अहिले स्मार्टफोन डिभाइस भन्दापनि सफ्टवेयर र सेक्युरिटीसम्बन्धी सेवामा केन्द्रित छ । ब्ल्याकबेरीको स्मार्टफोन ह्याकरबाट सुरक्षित हुने भन्दै प्रयोगकर्ताले मन पराएका थिए ।

प्रकाशित : माघ २४, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?