पुराना डिभाइसमा ह्‍वाट्सएप नचल्ने- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुराना डिभाइसमा ह्‍वाट्सएप नचल्ने

कान्तिपुर संवाददाता

ह्वाट्सएप संसारमा सबैभन्दा धेरै प्रयोग हुनेमध्येको एक म्यासेजिङ एप हो । तर, यसले शनिबारदेखि पुराना लाखौं डिभाइसमा काम गर्न छाडेको छ । सुरक्षा संवेदनशीलताभन्दै फेसबुक स्वामित्वको ह्वाट्सएपले पुरानाअपरेटिङ सिस्टम भएका डिभाइसमा सेवा बन्द गरेको हो । 

एन्ड्रोइड २.३.७ भर्सन र त्यो भन्दा पुरानो भर्सन तथा आइओएस एट वा त्यो भन्दा पुरानो भर्सनमा सेवा बन्द भएको ह्वाट्सएपले जनाएको छ । अपरेटिङ सिस्टमको पुरानो भर्सन चलाइरहेका प्रयोगकर्ताले अपडेट गरी सो भन्दामाथिको अपरेटिङ सिस्टम प्रयोग गरेमा भने ह्वाट्एप उपयोग गर्न सक्नेछन् । तर, अधिकांश पुराना डिभाइसमा पछिल्ला अपरेटिङ सिस्टमहरु सपोर्ट हुने छैन ।

प्रकाशित : माघ २४, २०७६ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्

चीनबाट उद्धारको पर्खाइमा रहेका नेपालीका अभिभावकहरुको आक्रोश– ‘के मरेपछि मात्रै ध्यान जाने हो? ’

कान्तिपुर संवाददाता

काठमाडौँ — पाटन, मंगलबजारका ताम्राकार दम्पत्ती हिजोआज उदास छन् । हसाना र नेमकृष्ण ताम्राकार कहिले आफ्नो छोरीलाई नजिकबाट हेर्न पाउँला भन्ने आशमा बाटो कुरेर बसिरहेका छन् ।

चीनमा पीजी अध्ययनरत २९ वर्षीया छोरी सहाना २ हप्तादेखि कोठामा थुनिएर बसेको छ भन्ने थाहा पाएपछि हसाना रातभर निदाउन सक्दिनन् ।

प्रकाशित : माघ २४, २०७६ १०:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×