कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

टिन्डरमा प्यानिक बटन

काठमाडौँ — डेटिङ एप टिन्डरले प्रयोगकर्ताको सुरक्षाका लागि एपमा प्यानिक बटन राख्ने भएको छ । यो बटन विशेषगरी एप प्रयोगमार्फत डेटमा जाने जोडीको सुरक्षाका लागि राख्न लागिएको जनाइएको छ । टिन्डरलाई विशेषगरी युवायुवतीले छोटो समयको सम्बन्धका लागि प्रयोग गर्दै आएका छन् ।

टिन्डरमा प्यानिक बटन

टिन्डरमार्फत परिचय भएर भेटघाट हुने र त्यस्तो भेटघाटमा विशेषतः महिलाहरूले हिंसा भोगेको गुनासो बढेपछि टिन्डरले यस्तो बटन ल्याउने भएको हो । कसैले असुरक्षित महसुस गरी प्यानिक बटन थिचे त्यसको जानकारी प्रहरीलाई पुग्ने गरी फिचर तयार पार्न लागिएको हो । यो फिचर प्रयोग गर्न भने केही समय कुर्नुपर्नेछ । टिन्डरमा फोटो पनि भेरिफाई गरेर मात्रै राख्न मिल्ने फिचर पनि आउन लागेको छ । अरूको फोटो प्रोफाइलमा राख्ने क्रम हटाउन यस्तो फिचर ल्याउने भएको हो ।


प्रकाशित : माघ १७, २०७६ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?