१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

फिंगरप्रिन्टसहितको ड्राइभ

काठमाडौँ — प्रयोगकर्ताको डाटा सुरक्षाका लागि बजारमा फिंगरप्रिन्ट सपोर्ट गर्ने सुविधासहितको एक्सटर्नर ड्राइभ आउने भएको छ । सामसङले यो वर्षको अन्त्यतिर यस्तो ड्राइभ बजारमा पठाउन लागेको हो । फिंगरप्रिन्ट सुविधा भएको सम्भवतः यो पहिलो एक्सटर्नर ड्राइभ हुनेछ ।

फिंगरप्रिन्टसहितको ड्राइभ

मूल्यका हिसाबले चल्तीका एक्सटर्नर ड्राइभभन्दा महँगो हुने भए पनि डाटा सुरक्षाको हिसाबले यो बढी उपयोगी हुन सक्छ । फिंगरप्रिन्ट सपोर्ट गर्ने फिचरका कारण प्रयोगकर्ताले ड्राइभ हराए पनि त्यसमा भएका फाइलहरू अरूले प्रयोग गर्ने सम्भावना हुँदैन भने कसैले ड्राइभ लिएर सम्बन्धित प्रयोगकर्ताको अनुमतिबिना फाइल कपी गर्ने सम्भावना पनि कम हुन्छ । सुरक्षालाई ध्यान दिएर तयार पारिएको यो ड्राइभ सन् २०२० को अन्त्यतिर मात्रै बजारमा आउनेछ ।


प्रकाशित : माघ १७, २०७६ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?