३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सामसङको फाइल सेयरिङ प्रविधि

काठमाडौँ — स्मार्टफोनमा फाइल सेयर गर्नका लागि सामसङले आफ्नै प्रविधि बनाउने भएको छ । सामसङको आगामी स्मार्टफोनमा यो प्रविधि समावेश हुने समाचारहरूमा जनाइएको छ । यो प्रविधिले सामसङको स्मार्टफोनमा मात्रै नभई सबै एन्ड्रोइड स्मार्टफोनमा फाइल सेयरिङको सुविधा दिनेछ ।

सामसङको फाइल सेयरिङ प्रविधि

सामसङले विकास गरेको फाइल सेयरिङ प्रविधि आइफोनको एयरड्रप जस्तै हुने अनुमान छ । आइफोन प्रयोगकर्ताले फाइल सेयरिङका लागि प्रयोग गर्ने एयरड्रप आइफोन र म्याकमा मात्रै काम गर्छ । सामसङले बनाउने प्रविधिले सबै एन्ड्रोइड डिभाइस सपोर्ट गर्ने भएकाले एन्ड्रोइड प्रयोगकर्ताका लागि यो बढी उपयोगी हुने अनुमान छ । अहिले स्मार्टफोनबीच फाइल सेयरिङका लागि सेयरइटजस्ता एपहरू चर्चित छन् । सामसङले विकास गरेको प्रविधि यी एपहरूभन्दा छिटो हुने अनुमान छ ।

प्रकाशित : माघ १७, २०७६ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?