फोरजीमै क्वालकम

हेलो टेक
कान्तिपुर संवाददाता

धेरै चिप निर्माताको ध्यान अहिले आगामी फाइभजी प्रविधिमा छ  । उनीहरू फाइभजी सपोर्ट गर्ने स्मार्टफोनका लागि उपयुक्त हुने चिप निर्माण र अनुसन्धानमा व्यस्त छन्  ।

अमेरिकी चिप निर्माता कम्पनी क्वालकम भने फोरजी प्रविधि अझै केही वर्ष कायम रहने भन्दै फोरजीका लागि उपयुक्त चिप निर्माणमै केन्द्रित छ । उसले गत साता फोरजी सपोर्ट गर्ने स्मार्टफोनका लागि उपयुक्त हुने तीन किसिमका चिप सार्वजनिक गरेको छ ।

उसले क्वालकम स्न्यापड्र्यागन सिरिजमा ७२०जी, ६६२ र ४६० नाम दिएर नयाँ प्रोसेसर ल्याएको हो । यी तीनै प्रोसेसर मध्यम वा सस्तो मूल्यका स्मार्टफोनमा प्रयोग हुनेछन् ।

प्रकाशित : माघ १०, २०७६ १२:४४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बढ्दै स्मार्टफोन बजार

हेलो टेक
कान्तिपुर संवाददाता

सन् २०२० मा स्मार्टफोन बजार करिब एक प्रतिशतले बढ्दै २ अर्ब १६ करोड थान स्मार्टफोन बिक्री हुने अनुमान एक अध्ययनले गरेको छ  ।

बजार विश्लेषक संस्था ‘गार्थर’ ले तयार पारेको प्रतिवेदनमा फाइभजी स्मार्टफोनको उपलब्धताका कारण यो वर्ष स्मार्टफोनको बिक्री बढ्ने अनुमान गरिएको हो ।


सन् २०२० मा बिक्री हुने कुल स्मार्टफोनको १२ प्रतिशत डिभाइस फाइभजी सपोर्ट गर्ने स्मार्टफोन हुने अध्ययनमा उल्लेख गरिएको छ । आगामी २ वर्षभित्र फाइभजी सपोर्ट गर्ने स्मार्टफोनको माग बढेर ४३ प्रतिशत पुग्ने अध्ययनको निष्कर्ष छ । अर्थात्, सन् २०२२ मा कुल बिक्री हुने स्मार्टफोनको करिब आधा फाइभजी स्मार्टफोन हुनेछन् । सन् २०१९ मा विश्वभर २ अर्ब १५ करोड स्मार्टफोन बिक्री भएको अनुमान छ ।

प्रकाशित : माघ १०, २०७६ १२:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×