२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

क्रिकेटमा फ्यान्टासी : खेल र खेलाडीलाई नजिकबाट चिन्ने अवसर

पोखरा प्रिमियर लिगले दोस्रो संस्करणमा पनि फ्यान्टासीलाई निरन्तरता दिँदै
रीतेश घिमिरे

काठमाडौँ — सुन्दर पर्यटकीय नगरी पोखरामा यही मंसिर २८ गते देखि पोखरा प्रिमियर लिगको दोस्रो संस्करण सुरु हुँदै छ । ६ टोलीको सहभागिता रहेको प्रतियोगिताले नेपाली घरेलु क्रिकेटलाई दर्शकमाझ अझै लोकप्रिय बनाउने, क्रिकेट खेललाई व्यावसायिकतातर्फ उन्मुख गराउने तथा युवा खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर पनि प्रदान गर्ने अपेक्षा गरिएको छ ।

क्रिकेटमा फ्यान्टासी : खेल र खेलाडीलाई नजिकबाट चिन्ने अवसर

पोखरा पल्टन्सले उपाधि उचालेको पीपीएलको पहिलो संस्करणदेखि नेपाली घरेलु क्रिकेटमा आधिकारिक अनलाइन फ्यान्टासी लिगको सुरुआत भएको थियो । पहिलो संस्करणमा पीपीएल फ्यान्टासी दर्शकहरु माझ निकै लोकप्रिय बनेको थियो । यस लोकप्रियतालाई मध्यनजर गर्दै आयोजकले यस सिजनमा पनि फ्यान्टासीलाई निरन्तरता दिने निर्णय गरेको हो ।


अघिल्लो संस्करणमा झैँ यसपाली पनि फ्यान्टासी लिग सञ्चालनमा गरिएको छ ।


अघिल्लो संस्करणको पीपीएल फ्यान्टासीमा करीब ५ हजार प्रयोगकर्ता सहभागी भएका थिए भने यस सिजनमा सो संख्या अझै बढ्ने अनुमान आयोजकको छ । पहिलो सिजनको फ्यान्टासीमा यशस्वी राज पन्त पहिलो भएका थिए ।


के हो फ्यान्टासी ?


प्रविधि तथा परिकल्पनाको मिश्रण हो फ्यान्टासी । फ्यान्टासीमा प्रयोगकर्तालाई छुट्याइएको बजेटभित्र रहेर आफ्नो ११ जनाको एउटा टोली तयार पार्नुपर्ने हुन्छ । सो टोली तयार पार्न भने निश्चित नियम तथा मापदण्ड छन् । यी मापदण्ड खेलको फर्म्याट तथा तहअनुसार फरक–फरक हुन सक्छन् ।


यस पीपीएल फ्यान्टासीमा हरेक प्रयोगकर्तालाई आफ्नो टोली तयार पार्नको निम्ति १३ लाखको बजेट छुट्याइएको हुन्छ । प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीको मूल्य तोकिएको हुन्छ । जस्तै, यस प्रतियोगिताका हरेक टीमका कप्तानको मूल्य २ लाख तोकिएको छ । यसैगरी अन्य खेलाडीको पनि स्तर तथा पछिल्लो प्रदर्शनलाई आधार मानेर निश्चित मूल्य तोकिएको छ । प्रयोगतकर्तालाई छुट्याइएको बजेटभित्र रहेर आफ्नो टोली बनाउनु पर्ने हुन्छ ।


फ्यान्टासीमा ब्याट्सम्यान, बलर, अलराउन्डर तथा विकेटकिपर छनौट गरेर प्रयोगकर्ताले आ-आफ्नो टोली तयार पार्छन् । आफूले छनौट गरेको खेलाडीले क्रिकेट मैदानमा गरेको प्रदर्शन अनुरुप फ्यान्टासी प्रयोगकर्ताले स्कोर प्राप्त गर्नेछन् । प्रतियोगिताको समाप्तिमा जो प्रयोगकर्ताले अत्यधिक स्कोर प्राप्त गर्दछ, उसैलाई विजेता घोषित गरिनेछ ।


स्कोरको कुरा गर्ने हो भने आफूले टोलीमा छनौट गरेको ब्याट्सम्यानले प्रहार गरेको हरेक रनको लागि फ्यान्टासी प्रयोगकर्ताले १ अंक प्रयोगकर्ताले प्राप्त गर्नेछन् । साथै हरेक चौकाको लागि अतिरिक्त ४ अंक तथा हरेक छक्काको लागि अतिरिक्त ६ अंक प्रदान गरिनेछ । यसैगरी बलरले प्रप्त गरर्ने विकेट तथा फिल्डरले लिएको क्याच तथा रनआउटको लागि पनि अंक प्रदान गरिनेछ ।


यस फ्यान्टासीमा शीर्ष १० स्थान प्राप्त गर्ने प्रयोगकर्तालाई पुरस्कारको व्यवस्था पनि गरिएको आयोजकले बताएका छन् ।


किन खेल्ने त फ्यान्टासी ?


फ्यान्टासीले प्रयोगकर्ताले खेलको कुनै पनि अंश नछुटाई खेलप्रति अझ आकर्षित गराउँछ । आफूले टोली बनाउनु पर्ने भएकाले उसले हरेक खेलाडीको प्रदर्शन, खेल्ने तरिका तथा क्षमतालाई गहिरिएर अध्ययन गर्छन् । यसबाट प्रतियोगिता आयोजक, खेलाडी तथा प्रायोजकलाई प्रोत्साहन दिन्छ जसले गर्दा सम्पूर्ण खेल तथा खेलप्रेमीलाई नै फाइदा पुग्छ ।


पीपीएल फ्यान्टासी टोली कसरी छनौट गर्ने ?

प्रयोगकर्ताले सर्वप्रथम पीपीएल फ्यान्टासीको आधिकारिक वेबसाइटमा गएर लगइन गर्नुपर्छ । प्रयोगकर्ताले चार ब्याट्सम्यान, चार बलर, एक विकेटकिपर तथा एक अलराउण्डर समावेश गरेर आफ्नै एउटा टोली तयार पार्नेछन् । प्लेइङ ११ मध्येको बाँकी १ खेलाडी भने आफ्नो इच्छा अनुसार राख्न पाइन्छ ।



प्रकाशित : मंसिर २६, २०७६ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?