अमेरिकी दबाबका बाबजुद हुवावेको आम्दानीमा २४ प्रतिशत वृद्धि 

एएफपी

शंघाई — चिनियाँ प्रविधि कम्पनी हुवावेको आम्दानीमा अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।


अमेरिकी सरकारको चौतर्फी दबाबका कारण संकटबाट गुज्रिरहेको हुवावेको आम्दानी ९ महिनाको अवधिमा वृद्धि भएर करिब ८६ अर्ब डलर पुगेको छ। कम्पनीले आफ्नो नाफामा पनि ८.७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।

सुरक्षाको कारण देखाउँदै अमेरिकी प्रशासनले हुवावेका टेलिकम उपकरण प्रयोग नगर्न यसवर्ष विश्वव्यापी पहल र प्रचार गरेको थियो। गत मे महिनामा हुवावेलाई अमेरिकी बजारमा कालोसूचीमा राख्नुका साथै अमेरिकी कम्पनीका उच्च प्रविधियुक्त सामान हुवावेलाई बिक्री नगर्न दबाब दिएको थियो।

संयुक्त राज्य अमेरिकाले हुवावेका सामान मार्फत् चीनले गोप्य सूचनाहरु संकलन गर्न सक्ने भन्दै गम्भीर चासो र चिन्ता व्यक्त गरेको थियो। अमेरिकाले हुवावेका उत्पादनमा व्यापक कमी कमजोरी रहेका र ती भरोसायोग्य नरहेको बताउँदै आएको छ। तर हुवावेले भने अमेरिकी दाबीको निरन्तर खण्डन गरिरहेको छ।

कम्पनीले जारी गरेको पछिल्लो विज्ञप्तिमा भनिएको छ, हुवावेले केबल सूचना प्रविधिको पूर्वाधार र स्मार्ट उपकरण निर्माणमा ध्यान केन्द्रित गरेको छ, र त्यसलाई अझ गुणस्तरीय एवं परिस्कृत गर्नेतर्फ विशेष जोड दिइरहेको छ।

यिनै कारणले कम्पनीले सन् २०१९ को नौ महिनाको अवधिमा निकै उचाई प्राप्त गरेको छ र निरन्तर विश्वको विश्वास जित्दै गएको छ।

प्रकाशित : आश्विन २९, २०७६ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एनआरएनए चुनाव : ककसले दिए उम्मेदवारी ? (सूचीसहित)

४१ पदको लागि ७७ जनाको मनोनयन दर्ता
विमल खतिवडा

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत बुधवार ७७ जनाले मनोनयन दर्ता गराएका छन् । १ जना अध्यक्षका लागि २ जनाले मनोनयन दर्ता गराएका छन् । 


निर्वाचन कमिटीका सदस्य कुलप्रसाद पाण्डेका अनुसार अध्यक्षमा कुमार पन्त र कुल आचार्यले मनोनयन दर्ता गराएका हुन्। त्यस्तै ४ उपाध्यक्षकालागि ९ जनाले मनोनयन दर्ता गराएका छन्। निर्वाचन कमिटीका सदस्य पाण्डेका अनुसार मनोनयन दर्ता सकिएर उम्मेदवारलाई नाम फिर्ताकालागि चार बजेसम्मको समय दिइएको थियो।

उम्मेदवारको टुंगो लागिसकेपछि बढीमा साँझ ६ बजे भित्रमा मतदान सुरु हुने निर्वाचन कमिटीले जानकारी दिएको छ। अध्यक्षमा सहमतिको प्रयास गरिएपनि सहमति हुन नसक्दा निर्वाचन हुने भएको छ।

४१ जना पदाधिकारीका लागि ७७ जनाले मनोनयन दर्ता गराएका छन्।


हेर्नुहोस् कुन पदमा कसले उम्मेदवारी दिए?

प्रकाशित : आश्विन २९, २०७६ १६:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×