आइफोन-११ सार्वजनिक, यस्ता छन् विशेषता

एजेन्सी

काठमाडौँ — एप्पलले आफ्नो नयाँ मोडलका फोनहरु सार्वजनिक गरेको छ । म‌ंगलबार अमरेकिको क्यालिफोर्नियामा आयोजित एक कार्यक्रमकाबीच एप्पलले आईफोन-११, आईफोन-११ प्रो र आईफोन-११ प्रो म्याक्स सार्वजनिक गरेको हो ।

आइफोन-११ सार्वजनिक, यस्ता छन् विशेषता

यी फोनहरुको बजार मूल्य क्रमश: ६ सय ९९ डलर, ९ सय ९९ र १ हजार ९९ डलर रहेको छ । सेप्टेम्बर १३ देखि यी मोडलका फोनहरु बजारमा उपलब्ध हुने एप्पलले जनाएको छ ।


नयाँ आइफोन रातो,कालो,पहेँलो,सेतो, हरियो र बैजनी गरी ६ रङमा उपलब्ध छ ।


आइफोनका ११ सिरिजका फोनको मुख्या विशेषता लङ लाइफ ब्याट्री हो । यो सिरिसका फोनको ब्याट्री आइफोन १० का मोडलहरुभन्दा धेरै टिकाउ छ । यस्तै एप्पलले पहिलो यी फोनहरुमा ए१३ बायोनिक प्रोसेसर प्रयोग गरेको छ । बायोनिक प्रोसेसरले फोनको क्षमतालाई झन् छिटो र छरितो बनाउँछ । आइफोन-११ मा चाँडै फेस अनलकको सुविधा समेत छ ।

क्यामेरा नाइड मोड सुविधा समेत भएको आईफोन-११ प्रोको पछाडि ३ वटा क्यामेरा छन् भने आईफोन ११ मा २ वटा छन् । फ्रन्ट क्यामेर १२ मेगापिक्सलको छ । यस्तै फोनले ४के भिडियोहरु समेत खिच्छ ।


११ सिरिजका फोनहरु आईओएस १३ ओपरेटिङ सिस्टम प्रयोग गरिएको छ । आइफोन ११ मा ६४, १२८ र २५६ जिबीको इन्टरनल स्टोरेज, ११ प्रो र प्रो म्याक्समा ६४, २५६ र ५१२ जीबीको इन्टरनल स्टोरेज उपलब्ध छ ।


वाईफाई ६ सपोर्ट गरेपनि आइफोन-११ मा फाइभजी छैन ।

प्रकाशित : भाद्र २५, २०७६ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?