रुसको पहिलो 'ह्युमनोइड' रोबोट अन्तरिक्ष केन्द्रमा

एएफपी

मस्को — रुसले पहिलो मानवाकृत (ह्युमनोइड) रोबोट सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा मंगलबार स्थापना गरेको छ । गत साता रुसको यो अभियान असफल भएको थियो । फेदोर नाम दिइएको मान्छेकै शरीर जत्रो रोबोटले मानिस झै यताउता हिँड्ने र वरपरबाट सामान ल्याउने राख्ने कार्य गर्दछ । यसले खासगरी अन्तरिक्ष केन्द्रमा रहेका वैज्ञानिकलाई काममा सघाउनेछ ।

ZenTravel

नासाका एक जना टिप्पणीकर्ताले भने, “सम्पर्क स्थापित भएको छ, रोबोट अन्तरिक्ष केन्द्रमा जोडिएको छ ।” रुसी अन्तरिक्ष केन्द्र रोसकोसमोसले पनि मानवविहीन सोयुज एमएस–१४ यानको सहयोगमा उक्त रोबोट अन्तरिक्षमा पुर्याइएको जनाएको छ ।

Meroghar


अमेरिकी नासा टिभीले यस अन्तरिक्ष अभियानको प्रत्यक्ष प्रशारण गरेको थियो । टिभीका टिप्पणीकर्ताले अन्तरिक्ष केन्द्रमा अब सात जना पुगेको बताएको छ । यसअघि नै ६ जना वैज्ञानिक अन्तरिक्ष केन्द्रमा छन् ।

उक्त यान गत बिहीबार दक्षिणी कजाकस्तानबाट प्रक्षेपण गरिएको थियो । उक्त रोबोट आगामी सेप्टेम्बर ७ सम्म अन्तरिक्ष केन्द्रमा राखिनेछ । सोयुज यानबाट खासगरी मानिसलाई मात्र अन्तरिक्षमा पुर्याउने गरिन्छ, तर यस पटक रोबोट पठाइएको छ । यो यानमा ६७० किलोग्राम सुख्खा सामान पठाइएको छ जसमा औषधि उपकरण, खाना, औषधि र व्यक्तिगत सरसफाइका सामान रहेका छन् ।

अन्तरिक्षमा पठाइएको फेदोर पहिलो रोबोट भने होइन । सन् २०११ मा नासाले जेनेरल मोटर्सको सहयोगमा बनाइएको रोबोनट २ नामको रोबोट पठाएको थियो । यो रोबोटलाई पनि उच्च जोखिमयुक्त ठाउँमा काम गर्न प्रयोग गरिएको थियो । तर प्राविधिक समस्या देखिएपछि यो रोबोटलाई सन् २०१८ मा पृथ्वीमै फर्काइएको थियो ।

सन् २०१३ मा जापानले पनि आफ्ना अन्तरिक्ष यात्रीसँगै किरोबो नामको सानो रोबोट पठाएको थियो । टोयोटाले बनाएको यो रोबोटले संवादहरु संग्रहित गर्न सक्थ्यो तर यसले जापानी भाषा मात्र संग्रह गर्दथ्यो ।

सन् १९९८ देखि पृथ्वीको कक्षमा राखिएको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रले प्रतिघण्टा २८ हजार किलोमिटरको गतिमा पृथ्वीको वरिपरि घुम्ने गर्दछ ।

प्रकाशित : भाद्र १०, २०७६ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

'ब्ल्याकमेलिङ' गर्दै दलित किशोरीको बलात्कार, पीडित परिवारलाई घर छाड्न वडा कार्यालयको उर्दी

पर्वत पोर्तेल

धुलावारी (झापा) — बलात्कारको शिकार एक किशोरीको परिवारलाई घर छाड्न झापा मेचीनगर–९ को वडा कार्यालयले उर्दी जारी गरेको छ । डोम समुदायकी १७ वर्षीया किशोरीलाई तीन महिना अघि स्थानीय ६० वर्षका विष्णु खड्काले ललाइफकाइ गरी पटकपटक बलात्कार गर्दै आएका थिए ।

प्रतिकात्मक तस्बिर ।


खड्का अहिले फरार छन्। डोम परिवार खड्काकै घरमा डेरामा बस्दै आएको थियो।

खड्काकी पत्नी पुष्पाले दुई वर्षदेखि भाडा नतिरेको भन्दै वडा कार्यालयमा उजुरी दिएकी थिइन्। उजुरीकै आधारमा वडा कार्यालयले गत आइतबार घर छाड्न उर्दीसहित पत्र टाँस गरेको पीडित लीला मल्लिकले जानकारी दिइन्। उनले आफूले प्रत्येक महिना घर भाडा तिरेको दाबी गरेकी छन्।

‘घर भाडा नतिरेको बहानामा हामीलाई बेघर बनाउन लागिएको हो,’ लीलाले कान्तिपुरसँग भनिन्, ‘छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि खड्का परिवारले यस्तो बहाना गरेको हो।’

विष्णुले छोरीलाई ‘ब्ल्याकमेल’ गर्दै पटकपटक बलात्कार गरेको आरोप लीलाको छ। किशोरीले गत असार ३ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा खड्काविरुद्ध किटानी जाहेरी दिएकी छन्। तर, अहिलेसम्म आरोपीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।

प्रहरी निरिक्षक टिकाबहादुर कार्कीले फरार अभियुक्तको खोजी तीव्र पारिएको दाबी गरे। ‘हामीले देशभरि नै पत्राचार गरेका छौं,’ उनले भने। दलित अधिकारकर्मी टिका मंग्रातीले डोम परिवारलाई घर निकाला गराउन स्थानीय छिमेकीहरुले समेत पटकपटक दबाब दिँदै आएको पत्ता लागेका जनाए।

प्रकाशित : भाद्र १०, २०७६ १३:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×